१३ मंसिर २०८१,
बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्याका मुख्य आरोपी घटनाको सात महिनापछि बुधबार पक्राउ परेका छन । मुख्य आरोपी बाराको आदर्शकोतवाल गाउँपालिका(२ का ४१ वर्षीय सुरेन्द्रप्रसाद कुशवाहा सेनाका भगौडा रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार सुरेन्द्रले मिटरब्याजमा ऋण लगानी गर्ने गरेका थिए भने अर्काको ऋण पनि असुलि गरिदिने जिम्मा लिने गरेका थिए । त्यतिमात्र होइन उनले परपञ्चायत गराइदिने ठेक्का लिने, डराउने धम्काउने जस्ता गवितविधि गर्ने गरेको पृष्ठभूमि पाइएको छ ।
क्याम्पस प्रमुख हरिभूषण हत्याका मुख्य आरोपी पक्राउ ।
1 Min Read

