१२ मंसिर २०८१, काठमाडौं ।
आज बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ । विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको अवस्थामा बोर्डले यस्तो निर्णय गरेको हो । बोर्डले गरेको उक्त निर्णय प्रति भने दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेको स्रोतले बतायो ।
प्राधिकरण सञ्चालक समितिको निर्णय उद्योगहरूको बिजुली नकाट्ने ।
1 Min Read

