०१ मंसिर २०८१
सरकारले वि.स. २०६९ सालदेखि मंसिर १ गतेको दिनलाई कर दिवसका रुपमा मनाउदै आइरहेको छ । उक्त क्रममा यस वर्ष पनि आन्तरिक राजस्व विभागले उत्कृष्ठ काम गर्ने कर्मचारी तथा विभिन्न क्षेत्रका उत्कृष्ठ करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९.०८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा सम्मान गरिएको हो । अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत श्रुति ट्रेडर्स सम्मान गरिएको छ । ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सफर्मर कारोबार गर्ने कम्पनीमा सिटी एक्सप्रेस मनी ट्रान्स्फरलाई उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन् । यस अवसरमा उत्कृष्ट काम गर्ने तीन वटा कर कार्यालय र दस जना कर्मचारीलाई सम्मान गरिएको छ। उनीहरूलाई प्रोत्साहनका लागि सम्मान गरिएको छ। उत्कृष्ट कर कार्यालयहरूमा करदाता सेवा कार्यालय तौलिहवा, करतादा सेवा कार्यालय खोटाङ र करदाता सेवा कार्यालय स्याङ्जा छन्।
उत्कष्ट १० कर्मचारीहरूको सम्मान पाउनेहरू
१। जीवनाथ ज्ञवाली, कर अधिकृत मध्यमस्तरीय कर कार्यालय
२। सुवर्ण कोइराला, शाखा अधिकृत आन्तरिक राजस्व विभाग
३। कुन्त माया गुरुङ,शाखा अधिकृत, आन्तरिक राजस्व विभाग
४। धर्मबहादुर रोकाय, शाखा अधिकृत आन्तरिक राजस्व विभाग
५। संजय सिंह, कम्प्युटर इन्जिनियर, आन्तरिक राजस्व विभाग
६। हेरम्बराज न्यौपाने, कर अधिकृत आन्तरिक राजस्व कार्यालय, कृष्णनगर
७। प्रेमप्रसाद तिमिल्सिना, कर अधिकृत आन्तरिक राजस्व कार्यालय हेटौडा
८। रामप्रसाद रेग्मी, आन्तरिक राजस्व कार्यालय, बत्तिसपुतली
९। गंगाकुमारी हरिजन, नासु, कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, भैरहवा
१०। सञ्जय हाङ्खिङ, नासु, ठूला करदाता कार्यालय


