कात्तिक २५, २०८१
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहर प्रस्थान गरेका छन् ।अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशनमान सिंहलगायतले विदाइ गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेल कोप सम्मेलनमा भाग लिन अजरबैजान प्रस्थान
1 Min Read


