कात्तिक २१, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका रिपोर्टहरू सामान्य रहेको ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि यतिबेला बालुवाटारमै आराम गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार
1 Min Read


