काठमाडौं कार्तिक १४ बुधबार।
धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापी रुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह–२०२४ (World Investor Week-2024) २०८१, कात्तिक ६ गते देखि १२ गते सम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । यही अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २०८१ साल कात्तिक ११ गते श्री राम नारायण अयोध्या उच्च मा.वि, पिपरा, महोत्तरी मा (+) २ तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक/शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतना मूलक कार्यक्रम आयोजना गरि सफलता पूर्वक सम्पन्न गरेको छ । उक्त सचेतना मूलक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पिपरा शाखाका प्रमुख श्री सन्तोष कुमार ठाकुर र शाखाका कर्मचारी श्री भगवान् चौधरी तथा श्री राम नारायण अयोध्या उच्च मा.वि, का अध्यक्ष श्री लक्ष्मण मण्डल, सहायक प्रधानाध्यापक श्री सुजय कुमार राय लगायत अध्यनरत विधार्थीहरु तथा शिक्षक/शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
आरविवि मर्चेन्टद्वारा आयोजित वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम
1 Min Read


