काठमाडौं कार्तिक १३ मंगलबार।
नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा रुबी खानसहितको समूहसँग गृह मन्त्रालयले तीन बुँदे सहमति गरेको छ । मंगलबार दिउँसो अधिकारकर्मीहरुसँग भएको छलफलपछि सहमतिका बुँदाहरु टुंगो लागेको थियो । माइतीघर मण्डलास्थित प्रदर्शनस्थलमै पुगेर मन्त्रालयका उपसचिव दिलकुमार तामाङले आन्दोलनको नेतृत्वकर्ता रुबी खानसँग सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमतिमा गृहमन्त्रालयका उपसचिव दिलकुमार तामाङ र रुबी खानले हस्ताक्षर गरेका छन् । सहमतिमा हस्ताक्षर हुँदा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी अधिकारकर्मी विजयबाबु शिवाकोटी, मोहम्मद शेर बागवान, वसन्त रन्जितकार र मनकुमारी गुरताल साक्षी बसेका छन् ।


