काठमाडौं कार्तिक १३ मंगलबार।
काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ । प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको मेयर बालेनले आफ्नो फेसबुक मार्फत जानकारी दिएका हुन् ।
गएको वर्ष पनि महानगरले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाएको थियो । त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो । गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास महानगरले गर्ने जानकारी दिएका छन् यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरू ४६ स्थानमा व्यवस्था मिलाइएको जानकारी मेयर बालेनले दिएका छन ।
सुची सहितको बिबरण :



