काठमाडौं कार्तिक १२ सोमबार ।
असोज दोस्रो साताको बाढीपहिराले विभिन्न क्षेत्रमा एक अर्ब बराबरको क्षति पुर्याएपछि धुलिखेल नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको लागि माग गरेको छ । आइतबार नगरप्रमुखसहित जनप्रतिनिधिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग भेट गरी ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेका हुन् । नगरप्रमुख अशोक ब्याञ्जूसहितको टोलीले करिब एक अर्बको बराबरको क्षति भएपछि नगरलाई क्षतिग्रस्त पालिका घोषणा गर्न ध्यानाकर्षण गराउन उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई आइतबार ज्ञापनपत्र बुझाइएको हो ।
धुलिखेल नगरपालिकालाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको मागसहितको ज्ञापनपत्र
1 Min Read


