काठमाडौँ । सत्तापक्षीय सात राजनीतिक दलले लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र भएको भन्दै सरकारको विकल्प खोज्ने बाटो संसद् र नयाँ जनादेश मात्र हुनसक्ने बताएका छन् । शुक्रबार बसेको सत्तापक्षीय सात दलको बैठकपछि जारी संयुक्त वक्तव्यमा विपक्षी दलहरूले सरकारको विकल्प सडकबाट खोजेको ठहर गर्दै सरकारको विकल्प संसद् र नयाँ जनादेश बाहेक अन्यत्रबाट नखोज्न सुझाव दिएका हुन् । सात दलले भिन्न तरिकाबाट अघि बढ्ने प्रयास लोकतन्त्रको मूल्य र मान्यता विपरीत हुने समेत स्पष्ट पारेका छन् ।
लामो राजनीतिक आन्दोलनबाट जनता सार्वभौमसत्ता सम्पन्न भएको र नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो संविधान आफै बनाएर कार्यान्वयन गरिरहेको अवस्थामा उत्पन्न समस्याको समाधान लोकतान्त्रिक विधि र प्रक्रियाबाट खोज्न सकिन्छ र खोज्नु पर्दछ भन्ने मान्यतामा दृढ रहेको सात दलले दाबी गरेका छन् ।
सडकबाट सरकारको विकल्प नखोज्न सत्तापक्षको संयुत बक्तब्य
1 Min Read


