(काठमाडौं)
कञ्चनपुरको लालझाडीमा एक दम्पतीको शव फेला परेको छ। लालझाडी गाउँपालिका–१ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक र उनकी पत्नी ४३ वर्षीया कमला वडायकको शव फेला परेको हो। कञ्चनपुर प्रहरी प्रवक्ताका अनुसार शुक्रबार बिहान राना दम्पतीको शव घरको आँगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। बिस्तृत जानकारी अनुसन्धान पछि खुल्ने बताईएको छ।


