काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछाेनलाई प्रतिशोध साँधेर पक्राउ गरिएको बताउँदै आएको रास्वपाले शुक्रबार काठमाडौंस्थित माइतीघरमा प्रदर्शन गर्न लागेको हो । यसअघि, रास्वपाले पोखरामा प्रदर्शन गर्दै आएको थियो । आज पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपाले अब काठमाडौंमा प्रदर्शन गर्ने जनाएको थियो । सहकारी ठगी प्रकरणमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । अदालतले प्रहरीलाई अनुसन्धानका लागि भने पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो ।


