काठमाडौं । दल विभाजन गर्ने उद्देश्यले ल्याउन लागिएको अध्यादेश तत्कालका लागि रोकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा सहमति जनाए पनि कांग्रेसका केही प्रभावशाली नेताहरूले तत्काल अध्यादेश ल्याउन नहुने अडान राखेको स्रोतले जानकारी दियो । अहिले अध्यादेश ल्याउँदा गलत सन्देश जाने भन्दै तत्कालका लागि अघि नबढाउने निर्णय भएको एक नेताले जानकारी दिए ।


