कार्तिक ४, २०८१
नेपाल सरकारले अबदेखि सवारी चालकको ट्रायल पास गरिसके पछि लाइसन्सको विवरण नागरिक एपमा विवरण राखिने छ । सोही विवरण डिजिटल एपमा देखाएमा मान्य हुने गरि कार्यान्वयनमा जाने भएको छ वा प्रविधि मैत्री बनाउदै जाने भएको छ । जसले यस एप मार्फत देखाउन सक्दैनन उनीहरुले भने हार्डकपी नै लिएर हिडनुपर्दछ । उक्त कार्यका लागि बागमती प्रदेशबाट हिजोदेखी शुरु गरिएको छ । उक्त कार्यकालागि ट्राफिक प्रहरीलाई मोवाइल समेत वितरण गरिएको छ । र जरिवाना पनि डिजिटल माध्यमद्धारा नै तिर्न सकिने भएको छ ।

