२० असोज, २०८१,
नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत वर्ष भन्दा केही दिन ढिला गरी आज दशैको चौथो दिनबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु गरेको छ । गत वर्ष घटस्थापनादेखि नै विक्री शुरु गरेको भएपनि यस वर्ष गत हप्ताको अविरल वर्षा र बाढी पहिरोको कारण समयमै खसीबोका र च्याङ्ग्रा नआइपुग्दा आजबाट मात्रै विक्री शुरु गरेको हो ।
खसीबोका १४ सय र च्याङ्ग्रा ३ सय खरिद गर्ने कार्यक्रमअनुसार कम्पनीसँग अहिलेसम्म ६८६ खसी, बोका र च्याङ्ग्रा प्राप्त गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी वागमती प्रदेश प्रमुख ज्ञानु थापाले बताए । उनले च्याङ्ग्रा मुस्ताङबाट र खसीबोका नवलपुर, हेटौँडा र दाङबाट ल्याइएको बताए । उनले अघिल्लो वर्ष ५४२ वटा च्याङ्ग्रा, १ हजार ६०२ खसीबोका विक्री गरेको जानकारी दिए । उनले गतवर्षको भन्दा यस वर्ष खसीबोकामा प्रतिकेजी १० रुपैयाँ सस्तोमा विक्री गरिएको बताए । उनले यस वर्ष खसी बोकाको ६७० र च्याङ्ग्राका १२३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर विक्री गरिरहेको बताए ।
खाद्य कम्पनीले १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री गर्ने लक्ष्य ।
1 Min Read

