१९ असोज, काठमाडौं ।
शनिवार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा नेपाल एयरलाइन्सका एयर होस्टेजको उमेरको हद बढाउन तयार भएको छ ।
नेपाल एयरलाइन्सको नियमावलीमा विमानको परिचारिकाका लागि ४५ वर्षको उमेर हद रहने व्यवस्था छ । उक्त उमेर बढाउन उनीहरूले माग गर्दै आएका थिए । आजको छलफलमा उक्त नियमावली परिवर्तन गर्ने प्रक्रिया सुरु गर्न मन्त्रालय सहमत भएको छ । यद्यपि यसबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र अन्तरिम आदेश समेत भएकोले सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्तासँग परामर्श गरेर अघि बढ्ने मन्त्री बद्री पाण्डेले बताए ।

