सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलका अनुसार आइतबार बसेको बृहत पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन,तीन महिना कैद सजाय सुनाएको हो।

