१३ असोज, काठमाण्डौ ःः
राष्ट्र बैंकले आजदेखि दशैँका लागि नयाँ नोट नभई सुकिला नोट बाँड्ने ।
नेपाल राष्ट्र बैंकले दशैंको लागि आज असोज १३ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ। केन्द्रीय बैंकले विगतमा दशैंअघि नयाँ नोट वितरण गर्दै आएको भए पनि यसपटक नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने भएको हो।आजदेखि सर्वसाधारणले नेपाल राष्ट्र बैंकको कार्यलय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट उपलब्ध हुनेछ । बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ १,१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट सटही गर्न सक्ने जनाएको छ।
नेपाल राष्ट्र बैंकले आजदेखि दशैँका लागि नयाँ नोट नभई सुकिला नोट बाँड्ने ।
1 Min Read

