७ असोज, काठमाण्डौ
सहकारी संस्थाका बचत अपचलनमा संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समिति सदस्य छविलाल जोशी पक्राउ परे पछि रवि लामिछानेले आफुपनि पक्राउ पर्न सक्ने संसय व्यक्त गरेर उनका कार्यकर्ताहरुलाई आह्वान गरेर पार्टी कार्यालयमा बोलाइयो र पार्टी कार्यालयमा भिडभाड पनि भयो र त्यहाँ अहिलेसम्म अब कतिपयले चाहिँ हैन राति नै रवि लामिछानेलाई पक्राउ गरियो होला बिहान उठ्दा त रवि लामिछाने कतै हिरासतमा हुन्छन् होला भन्ने खालको आशय वा संशयले पनि सुतेका थिए तर अब अहिलेसम्मको खबर अनुसार रवि लामिछानेलाई पक्राउ गरिएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै सांसद तथा नेताहरु हाल चीन भ्रमणमा छन । सहकारी संस्थाका बचत अपचलनमा संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि सभामुखले त्यो प्रतिवेदन कार्यान्वयन गर्नको लागि निर्देशन दिएका थिए र कार्यान्वयन गर्ने निकाय मन्त्रालयले खासगरी गृहमन्त्री रमेश लेखकले चाहिँ मातहतका निकायलाई यो कार्यान्वयन गर्नु भन्ने निर्देशन पनि तत्कालै जोडिएको प्रसङ्गमा रवि लामिछाने र छविलाल जोशी मध्ये छविलाल जोशी जो पूर्व प्रहरीका उच्च अधिकारी पनि उनलाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेर पोखरा पुर्याइहाल्यो त्यो हिसाबले रवि लामिछाने पनि तत्कालै पक्राउ पर्न सक्ने संशयको कारणले चाहिँ रासपा पार्टीका बागमती प्रदेशका सभापतिले आफ्ना पाटी सदस्यहरुलाई पाटी कार्यालयमा उपस्थित हुन अनुरोध गरेका थिए ।
यदि सरकारले सहकारी संस्थाका बचत अपचलनमा संसदीय विशेष छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वय गर्ने क्रममा रवि लामिछानेलाई पक्राउ गर्यो भने पनि अनौठो नठाने हुन्छ । पाटी कार्यालयमा भिड जम्मा गरेर उम्किन खोज्छु भन्नु बेकार छ । हिजो नै दुर्गा प्रसाईलाई पक्राउ गर्न जादा ढोका नखोलेर गेटमाथीबाट प्रहरीहरु गएर पक्राउ गरेको कुरा मिडियामा आइरहेको छ । त्यसकारण श्री रवि लामिछाने ज्यू सोझा साझा जनतालाई अगाडी सारेर तपाई बच्ने प्रयास नगर्दा हुन्छ कि ।
आज बिहानसम्म रवि लामिछाने पक्राउ नपरेको अवस्था ।
2 Mins Read


