काठमाडौँ । वि.स. २०७२ वैशाख १२ गते आएको भुकम्पले ढलेको धरहरा हिजो २०८१ साल असोज ३ गतेबाट पुःन सर्वसाधारणका लागि खुला गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको जानकारी दिनुभयो ।
सरकारले संविधान दिवसका अवसरमा धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । इकाइका प्रमुख अधिकारीले विसं २०७२ को भूकम्पले भत्किएको धरहरा नौ वर्षपछि खुल्ला हुँदा पहिलो दिनमा नै सर्वसाधारणको अत्यधिक घुइँचो लागेको जानकारी दिनुभयो । उनकाअनुसार अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रूपमा धरहरा चढ्ने व्यवस्था गरिएको छ । धरहरा चढ्नका लागि बुकिङ गर्न ‘धरहरा डट जिओबी डट एनपी (https://dharahara.gov.np) वेबसाइट सञ्चालन गरिएको छ ।
काठमाण्डौ वरिपरी रहेका सिमित पार्क, खुल्ला क्षेत्र, मनोरञ्जन गृह, चिडियाघर सिमित मात्रामा रहेको हुनाले उक्त दिन त्यहा सुरुमा विहानी सत्रमा सुरक्षा ब्यवस्थापनमा हम्मेहम्मे परेको थियो । भिडहुनुका मुख्य कारणहरुमा लामो समयदेखि बन्द रही खुलेकोले मानिसहरुमा कौतुहलता, विदाको दिन परेको, सोसलमिडिया टिकटक लामो समय बन्द रहि खुलेको र हाम्रो टोली त्यहाँ पुग्दा कतिपय मानिस निःशुल्क चढन पाइने भएकोले पनि भ्रमण गर्न गएको पाइयो ।



