१ असोज, स्मारिका अर्याल, दुई वर्षअघि खुलेको नयाँ दल रास्वपाको पहिलो राष्ट्रिय भेलामा निर्धारित कार्यसूची थप्रै थिए । तर सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट यो भेला सुरु हुन पुग्दा स्वतः सहकारी ठगीको विषयले प्राथमिकता पायो । पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पहिलो मन्त्रीकालमा नागरिकता र राहदानीको गम्भीर कसुर, दोस्रो मन्त्रीकालमा सहकारी संस्थाहरुको बचत रकम अपचलनको अभियोग लाग्न पुगेको थियो ।
रास्वपाले नवीन कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेको थियो। सोहीअनुसार वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा छनौट समिति गठन गरिएको थियो।
छनौटमा लिइएको अन्तर्वार्तापछि समितिले १० पुरूष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनौट गरिएको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
छानिएका सदस्यहरूको नामसूचीः
- समीर शर्मा -काठमाडौं
- लोकेन्द्र कुँवर- कैलाली
- बिनोद श्रेष्ठ -काठमाडौं
- बिना लामा -धादिङ
- इन्जिनियर गोपीकृष्ण चौलागाईं -सिन्धुपाल्चोक
- शिवकुमार चौधरी -दाङ
- अरुण गिरी -कास्की
- रविकिरण हमाल -सुर्खेत
- अशोक सिंह सम्राट -दार्चुला
- नवतीत कुमार मिश्र -पश्चिम नवलपरासी
- तारा जैसी -हुम्ला
- अनिशा नेपाली -सल्यान
- नजियाँ खातुन मिया-सुनसरी
- बिना जयसवाल-पर्सा
- लक्ष्मी (नानी) थापा-सिन्धुपाल्चोक
- इञ्जिनियर सजिना कार्की -ललितपुर
- रेजिना श्रेष्ठ -तनहुँ
- इञ्जिनियर दीपा श्रेष्ठ -काभ्रेपलाञ्चोक
- आश्मा कुमारी केसी (मिस नेपाल वर्ल्ड २०२४) -काठमाण्डौं
- डा. डेभिड थापा-युके प्रवास


