आज १९ औँ गणतन्त्र दिवस, टुँडिखेलको कार्यक्रमलाई राष्ट्रपतीले सम्बोधन गर्ने ।
२०८३ जेठ १५, शुक्रबार ।
आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । नेपाली नागरिकको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको १८ वर्ष पूरा भएको छ । २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट २४० वर्षदेखि सत्तासीन राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको हो ।
यहि दिनको सम्झना स्वरुप गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।
सैनिक मञ्च टुँडीखेलमा आज बिहान विशेष समारोह आयोजना हुँदैछ । त्यसअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको छ ।
सैनिक मञ्च बिहान ८ बजेदेखि सुरु हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने छ । सो समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आज १९ औँ गणतन्त्र दिवस, टुँडिखेलको कार्यक्रमलाई राष्ट्रपतीले सम्बोधन गर्ने ।
1 Min Read


