राष्ट्रिय स्वत्नत्र पार्टी केन्द्रीय सचिवालय बैठकले हिजो गरेका निर्णयहरु ।
२०८३ बैशाख २८, सोमबार ।
हिजो बसेको राष्ट्रिय स्वत्नत्र पार्टी केन्द्रीय सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको छ । वैशाख ३० गते विहान साढे ८ बजे बस्ने गरी बोलाएको हो । यस्तै रास्वपाले बारा जिल्ला कमिटी विघटनको निर्णय पनि गरेको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार विभिन्न जिल्लाका १५ जना सदस्यहरुको सदस्यता पनि खारेज गरिएको छ । नाम भने आज मात्रै सार्वजनिक गर्ने उनले बताए ।
यी हुन् अन्य निर्णय
बैठकका निर्णयहरूः
१. भेला तथा अधिवेशन विशेष तालिका स्वीकृत गर्ने निर्णय गरियो ।
२०८३ जेठ २ः वडा भेला (समिति गठन नभएका वडाहरूमा)
जेठ ३ः वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा)
जेठ ९ः पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा)
जेठ १०ः पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका)
जेठ १६ः वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा)
जेठ १७ः पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका)
जेठ २३ र २४ः जिल्ला अधिवेशन .
२. विभिन्न तह, विभागबाट भएको सिफारिसको आधारमा तपसिल बमोजिम मनोनित गर्ने ।
क. RAT समन्वय विभाग प्रमुख श्री बैकुण्ठ थापा (आशिष) र उपप्रमुख श्री बिदुर खड्का (पूर्व एपीएफ डिआइजी)।
ख. स्टार्टअप विभाग प्रमुख डा प्रभात अधिकारी, सचिव श्री हरि जोशी।
ग. शिक्षा विभाग प्रमुख श्री मिलन पाण्डे ।
घ. कर्णाली प्रदेश सहममन्त्री श्री राजबहादुर शाह र श्री अविसरा सुवेदी
ङ. केन्द्रीय संगठन विभाग सदस्य श्री गोपाल प्याकुरेल (कर्णाली) ।
च. कञ्चनपुर जिल्ला सभापति श्री पदम बिष्ट।
३. प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने । जिल्ला अधिवेशनको तयारी गर्ने ।
४. पार्टी हित विपरीत कार्य गरेका विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरियो।
५. पार्टी केन्द्रीय समितिको आगामी बैठक २०८३ वैशाख ३० गते आयोजना गर्ने ।
राष्ट्रिय स्वत्नत्र पार्टी, केन्द्रीय सचिवालय बैठकले हिजो गरेका निर्णयहरु ।
2 Mins Read


