संवैधानिक परिषद्को बैठक आज दिउँसो ४ बजे बस्ने प्रधानन्यायाधीश नियुक्ति बैठकको मुख्य कार्यसूचि ।
२०८३ बैशाख २४, बिहिबार ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएसँगै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बिहीबार बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको छ। बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।
न्याय परिषद्ले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि ६ जना न्यायाधीशको संवैधानिक परिषद्मा सिफारिस गरिसकेको छ । जसमा हाल कामु रहेकी वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, कुमार रेग्मी, हरि फुयाँल, तिलप्रसाद श्रेष्ठ र डा.नहकुल सुवेदी छन् । सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा ३ वर्ष काम गरिसकेका व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने कानुनी व्यवस्था छ । बरिष्ठता र स्थापित प्रचलनको हिसाबले कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल एकल दाबेदार हुन् । संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित ६ जना पदाधिकारी रहने व्यवस्था छ । नयाँ प्रावधानअनुसार बैठकमा ४ जना उपस्थित भए गणपूरक संख्या मानिन्छ । अध्यक्षसहित कम्तीमा ३ जना सदस्य उपस्थित भएको बैठकमा ३ जनाको निर्णय मान्य हुने नयाँ व्यवस्था छ ।
संवैधानिक परिषद्को बैठक आज दिउँसो ४ बजे बस्ने प्रधानन्यायाधीश नियुक्ति बैठकको मुख्य कार्यसूचि ।
2 Mins Read


