Close Menu
    What's Hot

    चक्रवाती आँधी “अर्नब”को सम्भावित असरलाई मध्यनजर गरेर सरकारद्धारा उच्च सतर्कता अपनाउन आग्रह ।

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १३ कार्तिक २०८३, बिहीबार

    राष्ट्रपतिद्धारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश स्वीकृत, बैठकका लागि चार सदस्य अनिवार्य, निर्णय कम्तीमा तीन जनाबाट मान्य हुने व्यवस्था ।

    May 5, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    राष्ट्रपतिद्धारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश स्वीकृत, बैठकका लागि चार सदस्य अनिवार्य, निर्णय कम्तीमा तीन जनाबाट मान्य हुने व्यवस्था ।
    २०८३ बैशाख २२, मंगलबार ।
    राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा सरकारले हिजो स्वीकृतिका लागि पुनः सिफारिस गरेको थियो । सरकारले संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बैठक तथा सिफारिस कार्यविधि सुधारको प्रावधानसहित स्वीकृतका लागि पठाएको अध्यादेश राष्ट्रपतिद्धारा उक्त अध्यादेश स्वीकृत गर्नुभएको छ । नयाँ व्यवस्थाअनुसार परिषद्को बैठक बस्न कम्तीमा चार सदस्यको उपस्थिति आवश्यक पर्नेछ। छ सदस्यीय परिषदमा अध्यक्षसहित कम्तीमा तीन सदस्य उपस्थित भएमा बैठकको गणपूरक संख्या पूरा भएको मानिने प्रावधान अध्यादेशमा उल्लेख छ। यसरी चार सदस्य उपस्थित हुँदा उक्त संख्या बहुमतका रूपमा गणना गरिने व्यवस्था गरिएको छ।
    निर्णय प्रक्रियाबारे अध्यादेशले थप स्पष्टता दिँदै अध्यक्षसहित कम्तीमा तीन जनाले गरेको निर्णयलाई परिषद्को आधिकारिक निर्णयका रूपमा मान्यता दिने व्यवस्था गरेको छ। त्यसैगरी परिषद्का सबै छ सदस्य उपस्थित भएको अवस्थामा प्रस्तावमाथि मतदान हुँदा मत बराबरी भए अध्यक्षले समर्थन गरेको पक्षलाई बहुमत मानिने उल्लेख गरिएको छ। बैठकमा सर्वसम्मति हुन नसकेमा बहुमतका आधारमा निर्णय लिन सकिने व्यवस्था पनि अध्यादेशले सुनिश्चित गरेको छ।
    संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्तिका लागि सिफारिस गर्ने अधिकार भएको संवैधानिक परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा रहने उच्चस्तरीय निकाय हो। परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख तथा प्रमुख प्रतिपक्षी दलका नेता सदस्यका रूपमा रहने व्यवस्था छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    चक्रवाती आँधी “अर्नब”को सम्भावित असरलाई मध्यनजर गरेर सरकारद्धारा उच्च सतर्कता अपनाउन आग्रह ।

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापा बारे संसदीय समितिले थप अनुसन्धान गर्दै ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    साउदी अरेबियामा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिक सहित २ जनाको मृत्यु ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Main News

    चक्रवाती आँधी “अर्नब”को सम्भावित असरलाई मध्यनजर गरेर सरकारद्धारा उच्च सतर्कता अपनाउन आग्रह ।

    चक्रवाती आँधी “अर्नब”को सम्भावित असरलाई मध्यनजर गरेर सरकारद्धारा उच्च सतर्कता अपनाउन आग्रह । २०८३ कार्तिक…

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट बनेका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण

    रवि–बालेनबीच बुधबार बिहान लामिछाने निवास बुढानिलकण्ठमा भेटवार्ता ।

    व्यवसाहीको वार्षिक कारोबार हेरेर ग्यासको खुद्रा बिक्रीमा प्यान बिल पनि प्रयोग गर्न सक्ने : प्रवक्ता, नेपाल आयल निगम

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना