Close Menu
    What's Hot

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ३१ बैशाख २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ३१ बैशाख २०८३, बिहीबार

    रास्वपामा स्थानीय तथा प्रदेश उम्मेदवार बन्नको लागी नवप्रवेशीलाई ३ महिना कुलिङ पिरियड लागू हुने ।

    May 4, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    रास्वपामा स्थानीय तथा प्रदेश उम्मेदवार बन्नको लागी नवप्रवेशीलाई ३ महिना कुलिङ पिरियड लागू हुने ।
    २०८३ बैशाख २१, सोमबार ।
    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गर्न अत्यन्तै कडा र वैज्ञानिक मापदण्डसहितको ‘उम्मेदवार छनोट रूपरेखा’ तयार पारेको छ । ‘विपिन कुमार आचार्य’ नेतृत्वको कार्यदलले तयार पारेको ३५ पृष्ठ लामो मस्यौदाअनुसार अब रास्वपाबाट उम्मेदवार बन्न चाहनेले विभिन्न चारवटा कठिन चरण र ‘फिल्टर’ पार गर्नुपर्ने हुन्छ ।
    नेपाली राजनीतिमा व्याप्त नातावाद, कृपावाद र पैसाको चलखेललाई अन्त्य गर्दै ‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) का आधारमा उम्मेदवार छान्न रास्वपाले नयाँ मोडल अघि सारेको हो । यो मोडललाई आगामी प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा कार्यान्वयन गर्ने तयारी गरिएको छ ।
    यस्तो छ उम्मेदवार छनोटको अंकभार (भाराङ्क):
    मस्यौदाले उम्मेदवारको मूल्यांकनका लागि १०० पूर्णाङ्क तय गरेको छ, जसलाई चार भागमा विभाजन गरिएको छः
    १. लिडरसिप एकेडेमी (२५%): उम्मेदवार बन्न चाहनेले अनिवार्य रूपमा पार्टीको लिडरसिप एकेडेमीमा प्रशिक्षण लिनुपर्नेछ । यहाँ उम्मेदवारको वैचारिक स्पष्टता, स्थानीय सरकार सञ्चालनको ज्ञान र योजनाको परीक्षा लिइनेछ । यसमा उत्तीर्ण हुनेले मात्र अर्को चरणमा प्रवेश पाउनेछन् ।
    २. पोलिटिकल प्रोक्सिमिटी (२५%): यस अन्तर्गत उम्मेदवारको पार्टीप्रतिको योगदान, अनुशासन, जनसम्बन्ध र जित्ने सम्भावना (विनिङ प्रोवाबिलिटी) को वैज्ञानिक मापन गरिनेछ ।
    ३. समावेशिता (१०%): महिला, दलित, युवा, सीमान्तकृत समुदाय र वैदेशिक रोजगारीबाट फर्किएका (रिटर्नी) हरूलाई प्रोत्साहन गर्न यो विशेष अंकभार राखिएको छ ।
    ४. प्रारम्भिक निर्वाचन – प्राइमरी (४०%)ः सबैभन्दा धेरै भार पार्टीका साधारण सदस्यहरूले गर्ने मतदानलाई दिइएको छ । मोबाइल एपमार्फत हुने यो मतदानमा ‘ब्लकचेन’ प्रविधि प्रयोग गरिने बताइएको छ । यसअघि प्राइमरी इलेक्स्नको मतभार ५० प्रतिशत थियो । अहिले त्यसलाई पनि झारेर ४० कायम गरिएको हो ।
    ‘क्यान्डिडेट क्लब’ र योग्यताको कडा मापदण्ड
    उम्मेदवार बन्न इच्छुक व्यक्ति सुरुमा ‘क्यान्डिडेट क्लब’ मा आबद्ध हुनुपर्नेछ । भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन, लागूऔषध जस्ता फौजदारी कसुरमा सजाय पाएका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन् । साथै, उम्मेदवारले आफ्नो सम्पत्ति विवरण र प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य बुझाउनुपर्नेछ ।
    पार्टी फेर्नेलाई ‘कुलिङ पिरियड’
    अन्य राजनीतिक दल त्यागेर रास्वपा प्रवेश गर्नेहरूका लागि ‘कुलिङ पिरियड’ को व्यवस्था गरिएको छ । अन्य दलबाट आएका व्यक्ति रास्वपाको उम्मेदवार बन्न पार्टी सदस्य लिएको कम्तीमा ९० दिन पुगेको हुनुपर्नेछ । यद्यपि, समाजका प्रतिष्ठित र विज्ञ व्यक्तित्वका लागि ‘ल्याटरल इन्ट्री’ मार्फत विशेष सहमतिमा उम्मेदवार बन्न सक्ने बाटो भने खुला राखिएको छ ।
    टिकटको व्यापारमा ‘जिरो टोलरेन्स’
    मस्यौदामा आर्थिक लेनदेन वा चन्दाको भरमा उम्मेदवार बन्ने प्रथालाई पूर्ण रूपमा निषेध गरिएको छ । उम्मेदवारी दिलाउने नाममा कसैले आर्थिक चलखेल गरेमा वा उपहार स्वीकार गरेमा तत्काल निष्कासन गर्ने ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति लिइएको छ ।
    डिजिटल सुरक्षा र पारदर्शिता
    प्रारम्भिक निर्वाचन (प्राइमरी) का लागि पार्टीको आधिकारिक मोबाइल एप प्रयोग गरिनेछ, जसमा दुई–तहको प्रमाणीकरण र मतदानको तथ्याङ्क हेरफेर नहोस् भन्नका लागि ‘ब्लकचेन’ प्रविधि अपनाइने मस्यौदामा उल्लेख छ ।
    रास्वपाको यो प्रस्तावित रूपरेखाले स्थानीय तहमा सक्षम, इमानदार र जनताप्रति उत्तरदायी नेतृत्व स्थापित गर्ने लक्ष्य राखेको मस्यौदा कार्यदलका सदस्य रोहन कार्कीले बताए । यो मस्यौदा अनुमोदन भएपछि आगामी स्थानीय निर्वाचनमा रास्वपाले यसैका आधारमा आफ्ना उम्मेदवारहरू तय गर्ने उनले जानकारी दिएका छन् । हेर्नुहोस विस्तृत विवरण

    local election frame work 2083_V2_260504_072904

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश । 

    सरकारद्धारा आ.व. २०८३.०८४ को लागी नीति तथा कार्यक्रम प्रस्तुत

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा ।

    इबिडिङको सफ्टवेयर हेरफेर गरी ठेक्का हत्ताएको सम्बन्धमा, ११ जना मध्ये कम्युटर अपरेटर दिवाकर देउजालाई पुर्पक्षका…

    सुर्खेत नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीले २ करोड ९४ लाख रकम हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दायर ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएपछि भोलिसम्मलाई स्थगित ।

    प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने कार्य सूचि तय, संसदमा उठेका प्रश्नहरुको जवाफ दिने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना