बिहानैदेखि बागमती नदी किनारामा रहेका सुकुम्बासी बस्तीमा डोजरले घर टहरा भत्काउदै ।
२०८३ बैशाख १२, शनिबार ।
प्रधानमन्त्री बालेन शाहले काठमाण्डौको मेयर हुदाँ खाली गर्न नसकेको सुकुम्बासी बस्ती अहिले प्रधानमन्त्री तथा गृहमन्त्री भएको बेलामा खाली गर्न २,३ दिन अगाडी सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर निर्देशन दिएका थिए । उक्त निर्देशन बमोजिम आज शनिबार बिहान ६ बजेदेखि नै काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन थालिएको छ। बिहान केही घन्टा सामान निकाल्न समय दिइएको थियो। त्यसैबीच यहाँका धेरै बसोबासीले आफ्नो सामान सारेका थिए। अन्यत्र बसोबासको विकल्प खोजेकाहरू रातारात बसाइ सरिसकेका थिए। विकल्प नहुनेहरूले भने सामान पोको पारेर सडकमै असरल्ल राखेका देखिन्थे। सुकुम्बासी बस्ती खाली गर्न जनपद, सशस्त्र र काठमाडौं महानगरका नगर प्रहरीहरू ठूलो संख्या परिचालन गरिएको थियो। उनीहरूले सुकुम्बासीहरूका सामान सार्न मद्दत गरिरहेका देखिन्थे।
सबै सुकुम्बासीले सामान सारिसकेपछि डोजर, एक्स्काभेटर लगायतका उपकरण प्रयोग गरेर यहाँका झुपडी र अन्य भौतिक संरचना भत्काउन सुरू गरिएको छ। बिहान १० बजेसम्म करिब ७० प्रतिशत भौतिक संरचनारू भत्काइसकेको महानगर नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए। उनका अनुसार झुपडी लगायतका भौतिक संरचना हटाउन सुरूमा दुइटा डोजर परिचालन गरिएको थियो। पछि तीनवटा डोजर थपियो। सामानहरू उठाएर लैजान दुईवटा क्रेन पनि तयारी अवस्थामा राखिएका छन्। सुकुम्बासहरुलाई विभिन्न होल्डिङ सेन्टरमा लगेर राखिएको छ ।
उक्त बस्ती हटाउनकालागी विभिन्न आयोगहरु बनेका थिए । उनीहरुले पक्कै पनि वास्तविक सुकुम्बासी र हुकुमबासीहरु छुट्टाएकै थिए होला । कम्तीमा उनीहरुलाई आयोगले दिएको प्रमाण अनुसार व्यवस्थापन गरेर सिधै सम्बन्धित ठाँउमा पठाएको भए अझै उपयुक्त हुने थियो । बास्तविक सुकुम्बासीहरुलाई त १०- १५ दिन भए पनि सम्यस्या हुने भयो ।
बिहानैदेखि बागमती नदी किनारामा रहेका सुकुम्बासी बस्तीमा डोजरले घर टहरा भत्काउदै ।
2 Mins Read


