सुरक्षा निकायसँग गृहमन्त्रीको लामो छलफल, निस्कँदा अनुहारमा हसिलो ।
२०८३ बैशाख ०९, बुधबार ।
गृहमन्त्री सुधन गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, काठमाडौँका सीडीओसहितका उच्च सुरक्षा अधिकारीहरूसँग लामो छलफल गरेका थिए। साँझ ६ बजेदेखि सुरु भएको छलफल राति करिब ११ बजेसम्म चलेको थियो । छलफलपछि राति करिब ११ बजे गृह मन्त्रालयबाट बाहिरिँदा उनको अनुहारमा गहिरो मुस्कान थियो । मन्त्रालयबाहिर पर्खिरहेका सञ्चारकर्मीलाई उनले कुनै प्रतिक्रिया दिएनन् । पत्रकारले बैठकमा ‘के भयो’ भनी सोधेको प्रश्न छल्दै गुरूङले भने, ‘कति दुख पाउनुभएको तपाईँहरूले, खाना त खानुभयो नि ?
सुरक्षा निकायसँग गृहमन्त्रीको लामो छलफल, निस्कँदा अनुहारमा हसिलो ।
1 Min Read

