रास्वपा संसदीय दलको बैठकले डीपी अर्याललाई सभामुख बनाउने निर्णय ।
२०८२ चैत्र २०, शुक्रबार ।
रास्वपाको हिजो बसेको संसदीय दलको बैठकले उपसभापति डि.पी. अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरको छ । रास्वपाका उपसभापति डीपी अर्याल व्यवस्थापिकाको प्रमुख पदमा पुग्ने पक्का भएको छ । गृहमन्त्रीका आकांक्षी रहेका अर्याल आइतबारदेखि प्रतिनिधिसभाको सभामुख बन्नेछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल सभामुख पदको सम्मुख पुगेका छन् । राज्यका निकायमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश पछिको मर्यादा क्रमअनुसार अर्याल पाँचौ स्थानमा पुग्न लागेका हुन् ।
निर्णयबारे जानकारी गराउँदै पार्टी प्रवक्ता मनिष झाले भने, ‘संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेज्यूले उहाँको नाम प्रस्ताव गर्नुभयो । बैठकले सर्वसम्मत रूपमा पारित गर्यो ।’ प्रतिनिधिसभामा १८२ सिट रहेको रास्वपाबाट अर्याललाई सभामुखको उम्मेदवारमा अघि सारेपछि उनी उक्त पदमा निर्विरोध हुने निश्चित जस्तै छ । विपक्षी दलहरूले उनीसँग प्रतिस्पर्धा गर्न उम्मेदवार अघि सार्ने देखिँदैन । सभामुखका लागि शुक्रबार उम्मेदवारको मनोनयन दर्ता र आइतबार चयन गर्ने गरी संसद् सचिवालयले कार्यतालिका बनाएको छ । साधारणतयाः सदनमा सभामुखलाई मतदानको अधिकार हुँदैन । कुनै विषयमा मतदान हुँदा बराबर मत खसेको अवस्थामा भने सभामुखलाई मतदानको अधिकार हुन्छ ।
रास्वपा संसदीय दलको बैठकले डीपी अर्याललाई सभामुख बनाउने निर्णय ।
1 Min Read


