देउवा पक्षीय नेताहरुको भेला खड्का निवासमा सम्पन्न, अदालतको फैसलामा असहमति छन्, तैपनि निर्णय मान्ने ।
२०८३ बैशाख ०५, शनिबार ।
नेपाली कांग्रेसका पूर्व सभापती पक्षधरहरुले हिजो सर्वोच्च अदालतले निर्णय सुनाइसकेपछिको अवस्थामा छलफलको लागी आज पूर्णबहादुर खड्काको निवासमा छलफल भएको थियो । उक्त छलफलमा पार्टी एकता जोगाउने र एकताबद्ध बनाउने जिम्मा अब सभापति गगन थापाको रहेको विषय पनि छलफल भएको उनले बताए । नेपाली कांग्रेसको विवाद निरुपणबारे धारणा बनाउन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा बसेको पूर्वपदाधिकारीको बैठक सकिएको छ । बैठकपछि पत्रकारसँग कुराकानी गर्दै निवर्तमान शेरबहादुर देउवा पक्षीय नेता मीनबहादुर विश्वकर्माले पार्टीको विवाद निरुपणमा सर्वोच्च अदालतको फैसलामा तमाम असहमति भएपनि आफ्नो पक्षले निर्णय मान्नेबारेमा छलफल भएको बताए । आजको छलफल कुनै औपचारिक बैठक नभई अनौपचारिक छलफल र भेटघाट मात्रै भएको उनले बताए ।
‘यो छलफलमा आगामी दिनमा पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजान सकिन्छ भन्ने परामर्श भएको छ । र, यसका बारेमा निरन्तर बैठक बस्दैजाने र देशका विभिन्न ठाउँबाट आउनुभएका साथीहरू, विभिन्न पदमा रहेका साथीहरू, सबै साथीहरूको सुझाव र परामर्शलाई पनि सुन्ने, एउटा निष्कर्षमा पुग्छौं,’ उनले भने । यसका लागि केही समय लाग्ने उनले बताए । फैसलाअघिसम्म पूर्णबहादुर खड्का ‘कार्यवाहक सभापति’ नै रहेको टिप्पणी गर्दै विश्वकर्माले हिजोदेखि ‘निवर्तमान कार्यवाहक सभापति’ बनेको बताए । ‘अदालतमा उहाँ कार्यवाहक सभापतिकै हैसियतमा जानुभएको हो । त्यो मुद्दा विचाराधीन रहेसम्म उहाँ कार्यवाहक सभापति नै हुनुहुन्थ्यो,’ उनले भने । अदालतको निर्णय स्वीकार्दै अब कार्यवाहक सभापतिको हैसियतमा समानान्तर गतिविधि नहुने उनले आशय व्यक्त गरे । उनले भने, ‘त्यसलाई हामीले स्वीकारेका छौं । यो कानुनी विषय टुंगियो, वैधानिकताको विषय टुंगियो, राजनीतिक विषय भनेको पार्टी एकताको विषय हो ।’ खड्का निवासमा पार्टी एकता जोगाउने र एकताबद्ध बनाउने जिम्मा अब सभापति गगन थापाको रहेको विषय पनि छलफल भएको उनले बताए ।
देउवा पक्षीय नेताहरुको भेला खड्का निवासमा सम्पन्न, अदालतको फैसलामा असहमति छन्, तैपनि निर्णय मान्ने ।
2 Mins Read

