Close Menu
    What's Hot

    डाइजेस्टिभ नट्स बिस्कुटमा कपाल भेटियो: एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

    अध्यागमन विभागद्धारा नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई जना अध्यागमन अधिकृतमाथि कारबाही ।

    गृहमन्त्रीको विषयमा विभिन्न फण्डाहरु सामाजिक सञ्जालमा आएपछि गृहमन्त्रीको स्पष्टीकरण ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    ८ बैशाख २०८३, मंगलवार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    ८ बैशाख २०८३, मंगलवार

    प्रधानमन्त्री वालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच भेटवार्ता।

    April 17, 20262 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    प्रधानमन्त्री वालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच भेटवार्ता।
    २०८३ बैशाख ०४, शुक्रबार ।
    प्रधानमन्त्री वालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन घण्टा लामो संवाद भएको छ। संघीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले आयोजना गरिएको छलफल केवल बैठकमा मात्र सीमित रहेन, बरु यो एक जीवन्त र साझा समाधान खोज्ने थलो बन्यो। सामान्यतया राजनीतिक भेटघाटहरूमा देखिने ‘प्रोटोकल’ र औपचारिकता यो बैठकमा कतै देखिएन। प्रधानमन्त्री शाहले अपनाउनुभएको ‘इन्टरएक्टिभ’ शैलीले मुख्यमन्त्रीहरूलाई चकित मात्र तुल्याएन, उहाँहरूमा एउटा नयाँ उत्साह समेत भरिदियो।
    छलफलका क्रममा मुख्यमन्त्रीहरूले आफ्ना समस्या राख्दै गर्दा प्रधानमन्त्री शाहले कुनै पनि विषयमा जिज्ञासा जाग्नेबित्तिकै तत्कालै बीचमै सोधेर स्पष्ट पार्ने र समाधानका विकल्पमा बहस छेड्ने गर्नुभयो। प्रधानमन्त्री शाहको यो ‘एक्सन–ओरिएन्टेड’ शैलीलाई मुख्यमन्त्रीहरूले पनि उत्तिकै खुला हृदयले स्वागत गर्दै आफ्ना भोगाइ र अप्ठ्याराहरू विना संकोच राख्नु त भयो नै, आफ्ना समस्या प्रधानमन्त्री शाहलाई सुनाउन उहाँहरूबीच प्रतिस्पर्धा नै भयो। दुवै पक्षबाट बीचबीचमा उत्पन्न जिज्ञासा र तत्कालको प्रतिउत्तरले गर्दा छलफल निकै अर्थपूर्ण र नतिजामुखी बनेको थियो।
    प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूका समस्यालाई केवल ‘नोट’ मात्र गर्नुभएन, कतिपय प्राविधिक र व्यावहारिक उल्झनहरूलाई तत्कालै समाधान गर्ने उपाय समेत सुझाउनुभयो। नीतिगत गाँठाहरू फुकाउन संघ र प्रदेशको साझा संयन्त्रमार्फत तुरुन्त काम सुरु गर्ने प्रतिबद्धता जनाउँदै उहाँले भन्नुभयो, “संघ र प्रदेशबीचका हरेक अप्ठ्यारा सुल्झाउन मेरो नेतृत्वको सरकार सदैव तयार छ। त्यसैले तपाईंहरूलाई आफैँले छलफलका लागि राजधानी बोलाएको हो।” साथै, प्रधानमन्त्री शाहले प्रदेश आफैँले तत्काल गर्न सक्ने सुधारका कार्यहरू ढिला नगरी अघि बढाउन समेत आग्रह गर्नुभयो। यस्तै उहाँले बजेट बिनियोजन गर्दा कुनै पनि विभेद नगर्ने स्पष्ट पार्नु भयो।
    बैठक सकेर बाहिरिँदै गर्दा मुख्यमन्त्रीहरूको अनुहारमा छुट्टै चमक देखिन्थ्यो। बाहिर प्रधानमन्त्री शाहका बारेमा सुनिने चर्चा र हल्लाभन्दा ठीक विपरीत, उहाँलाई अत्यन्तै ‘सुन्ने, बोल्ने र तत्कालै सबै कुरा बुझ्ने’ व्यक्तिका रूपमा पाएको भन्दै उहाँहरूले खुसी व्यक्त गर्नुभयो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    डाइजेस्टिभ नट्स बिस्कुटमा कपाल भेटियो: एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

    अध्यागमन विभागद्धारा नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई जना अध्यागमन अधिकृतमाथि कारबाही ।

    गृहमन्त्रीको विषयमा विभिन्न फण्डाहरु सामाजिक सञ्जालमा आएपछि गृहमन्त्रीको स्पष्टीकरण ।

    देउवा पक्षीय नेताहरुको भेला खड्का निवासमा सम्पन्न, अदालतको फैसलामा असहमति छन्, तैपनि निर्णय मान्ने ।

    गगन-विश्वको नेतृत्वले गरेको विशेष महाधिवेशनलाई अदालतबाट पनि वैधानिकता ।

    भीआईपी पक्राउमा सरकार पहिला काम, अन्तिममा ठण्डाराम ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    जापानको मात्सुमोतो शहरको मेयर योशिनाओ गाउनको नेतृत्वमा आएको प्रतिनिधि मण्डल भानुभक्त मेमोरियल विद्यालय, पानीपोखरी, काठमाण्डौमा ।

    काठमाण्डौ महानगरपालिकाद्धारा लिइएको आधारभूत तह (कक्षा ८)को परीक्षाफल प्रकाशित ।

    Don't Miss

    डाइजेस्टिभ नट्स बिस्कुटमा कपाल भेटियो: एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

    डाइजेस्टिभ नट्स बिस्कुटमा कपाल भेटियो: एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना काठमाडौं – सरकारले सुनसरीको दुहबीमा…

    अध्यागमन विभागद्धारा नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई जना अध्यागमन अधिकृतमाथि कारबाही ।

    गृहमन्त्रीको विषयमा विभिन्न फण्डाहरु सामाजिक सञ्जालमा आएपछि गृहमन्त्रीको स्पष्टीकरण ।

    नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई सोधेको स्‍पष्टीकरण फिर्ता लिने तयारी ।।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना