२०८३ बैशाख ०३, बिहिबारका मुख्य मुख्य समाचारहरु हेर्नुहोस ।
२०८३ बैशाख ०३, बिहिबार ।
१.टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा बालेन
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई विश्वप्रख्यात टाइम म्यागेजसनले २०२६ मा विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेको छ । राजनीतिक नेतृत्वतर्फ अमेरिकी नेता डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, पोप लियो चौधौँ, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनवाम, मार्क कार्नी र बेन्जामिन नेतान्याहु जस्ता नामहरू समावेश छन्। टाइमले बालेनको बारेमा छोटो टिप्पणी पनि लेखेको छ । त्यसमा भनिएको छ, ‘सबै राजनीतिज्ञ, नयाँ र पुराना, चोर नै हुन्,’ बालेनले एकपटक सोसल मिडियामा पोस्ट गरेका थिए, ‘नेपालीहरू आशा गरिरहेका छन् कि उनी आफैँलाई गलत साबित गर्नेछन्।’
२. डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल भाउ भने यसपटक यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ । आयल निगमले बिहिबार आजदेखि लागू हुनेगरी मूल्य बढेको जानकारी गराएको हो । निगमका अनुसार, पेट्रोलको मूल्य भने यथावत राखिएको छ ।

३.इजरायलसहित थप ४ देशमा सरकारले खुलायो पुनस् श्रम स्वीकृति
सरकारले गत फागुन १७ को निर्णय बमोजिम मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा रहेका मुलुकहरुमा वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगित गरेको थियो । चैत ३० गते बसेको मन्त्रिपरिषदको बैठकबाट थप ४ देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ ।
४.इरानमा पक्राउ गरिएका नेपाली युवा रिहा
इरानी सेनाको कब्जामा परेका नेपाली युवा अमृत झा रिहा भएका छन् । चैत पहिलो साता इरानमा तेल लिएर फर्किने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुल्युसनरी गार्डले उनलाई नियन्त्रणमा लिएको थियो । आज उनी रिहा भएको परराष्ट्रमन्त्री शिशिर खनालले जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत पनि यसको जानकारी दिएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले उनी सम्पर्कमा आइरहेको बताउँदै इरानबाट ल्याउने प्रयास भइरहेको बताए । ‘अमृत झा, जसलाई इरानमा पक्राउ गरिएको थियो, रिहा भएका छन्। इरानमा रहेको हाम्रो महावाणिज्य दूतावास तथा कतार दूतावास उनको सम्पर्कमा छन्। हाम्रो टोली उनलाई इरानबाट बाहिर निकाल्नका लागि काम गरिरहेको छ।’ उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
झा दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका थिए । वैदेशिक रोजगारीका लागि उनी दुई वर्षअघि दुबई गएका थिए ।
५.प्रधानमन्त्रीले हिजो सिंहदरबारमा समानुपातिक सांसदहरुसँग लामो छलफल गरेका छन ।
प्रधानमन्त्री बालेन्द्र साहले आज संसदमा सबै दलहरुबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरुसँग एकमुष्ट छलफल गरेका छन् । यसअघि प्रत्यक्ष सांसदहरुसँग प्रदेशगतरुपमा छलफल गरेका शाहले समानुपातिक सांसदहरुलाई भने एकैपटक बोलाएका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दिउसो १२ बजे सुरु भएको वैठक ५ घन्टासम्म चलेको थियो । ११० समानुपातिक सांसदहरुमध्ये अधिकांसको उपस्थिति रह्यो । प्रत्येकले बोल्नलाई १ मिनेटको समय पाएका थिए ।

६.जाँचबुझ आयोगले आरोपित गरेका सुरक्षाकर्मीबारे थप छानबिन गर्न समिति गठन
सरकारले जेनजी आन्दोलनमा भएका घटनाको जाँचबुझका लागि गठित उच्चस्तरीय आयोगले दिएको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा सुरक्षा संयन्त्रका हकमा अध्ययन गरी आवश्यक सिफारिस गर्न समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति बनाएको हो । समितिमा सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरिक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक टेकप्रसाद राई सदस्य रहेका छन् ।
७. पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन
सरकारले ६२/६३ यताका सार्वजनिक पदधारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको संयोजकत्वमा छानबिन आयोग गठन गरेको हो। शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार ‘सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेको ६२/६३ देखि हालसम्म सार्वजनिक पदधारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न समिति गठन गर्ने।’
८. कांग्रेसका पदाधिकारीको कार्यविभाजन, कसले के जिम्मेवारी पाए

नेपाली कांग्रेसले पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिने उद्देश्यले नीति तथा अनुसन्धान प्रतिष्ठान गठन गरेको छ। आजको बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्व प्रतिष्ठान गठन गरेको हो। प्रतिष्ठानमार्फत नेतृत्व विकास तालिमसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए।
आगामी निर्वाचनलाई व्यवस्थित र दीर्घकालीन रूपमा व्यवस्थापन गर्न ‘निर्वाचन ब्युरो’ गठन समेत बताए। उक्त ब्युरोको संयोजकत्व उपसभापति पुष्पा भुसाललाई दिइएको छ। पार्टी सङ्गठनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न केन्द्रीय स्तरमा समन्वय गर्ने संयन्त्र पनि निर्माण गरिएको उनले बताए। महामन्त्री गुरुराज घिमिरेको संयोजकत्वमा गठित संयन्त्रमा सहमहामन्त्री बहादुर सिंह लामा र मुकुन्द यादव सदस्य छन्। यस्तै, पार्टीको आसन्न महाधिवेशनलाई लक्षित गर्दै सदस्यता व्यवस्थापनलाई व्यवस्थित बनाउन अर्को समिति गठन गरिएको छ। महामन्त्री प्रदीप पौडेलको संयोजक रहेको समितिमा सहमहामन्त्री योगेन्द्र चौधरी र प्रकाश स्नेही सदस्य छन्। उक्त समितिले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ।
९. नेप्सेमा अब दुई ‘सर्किट ब्रेक’, चौबिसै घण्टा ‘अर्डर’ हाल्न सकिने
सेयर लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद बिक्रीको आदेश ९अर्डर० दिन सक्ने भएका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार विनियमावली प्रस्ताव धितोपत्र बोर्डले स्वीकृत गरेको छ । जुन प्रस्तावअनुसार खरिद बिक्री आदेशका लागि नियमित कारोबारको समय पर्खनु पर्दैन ।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ लाई समय सापेक्ष बनाई संशोधन प्रस्ताव धितोपत्र बोर्ड पठाएको थियो । नेप्सेले प्रस्ताव गरेका केही व्यवस्थामा परिमार्जन गरेर बोर्डले स्वीकृत गरेको छ । ‘नेप्सेले तीन वटा सर्किटको प्रस्ताव गरेको थियो,’ ती अधिकारीले भने, ‘बोर्डले स्वीकृत गर्दा २ वटामा सीमित गरेको छ, त्यसैगरी कारोबारका लागि अर्डर हाल्न मिल्ने समय कारोबार समयबाहेक साँझ ६ बजेदेखि बिहान ६ बजे प्रस्ताव गरेकोमा बोर्डले त्यसलाई चौबिसै घण्टा बनाएको हो ।’
१०. मन्त्रालयका गाडी कसले चढिरहेको छ, प्रधानमन्त्री कार्यालयले माग्यो विवरण

‘ मन्त्रालय र अन्तर्गत विभागरकार्यालयमा प्रयोगमा रहेको र मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विवरण तयार पारी यस कार्यालयमा मिति ०८३/०१/०३ कार्यालय समयभित्र प्राप्त हुने गरी पठाउने व्यवस्था मिलाउनुहुन सचिवस्तरीय निर्णयानुसार अनुरोध छ’ पत्रमा उल्लेख छ .


