उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित भएपछि हिजै लिइन सपश ।
२०८२ चैत्र २८, शनिबार ।
प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। हिजो भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी हुन्। उपस्थित भएका २५६ मध्ये रुबीकुमारीले २२९ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन्। रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो। एमालेले कसैलाई मतदान गरेन। एमालेका २५ सांसद छन् तर तटस्थमा २२ मत खस्यो।
नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले हिजै पद तथा गोपनियताको शपथ लिएकी छिन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच सभामुख डोल प्रसाद अर्यालले ठाकुरलाई शपथ ग्रहण गराएका हुन् । उक्त सपथ समारोहमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ पनि उपस्थित भएका थिए ।
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित भएपछि हिजै लिइन शपथ ।
1 Min Read


