आज मिति २०८२ चैत्र २७ गतेका मुख्य मुख्य समाचारहरु
१.संसदको अधिवेशन आजबाट अन्त्य
संघीय संसदको चालू अधिवेशन आज (२७ गते) शुक्रबार रातिबाट अन्त्य गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेको शीतल निवासले जनाएको छ ।
२.रास्वपामा ‘राइट टु रिकल’ को पहिलो ‘सिकार’ बने श्रममन्त्री, १३ दिनमै पद मुक्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फिर्ता बोलाउने (राइट टु रिकल) को व्यवस्था प्रयोगमा ल्याएको छ । सोही व्यवस्था अनुसार रास्वपाले १३ दिनअघिमात्र श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री बनेका दीपककुमार साहलाई फिर्ता बोलाएको हो । मन्त्री साहले बहालमा रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउन चलखेल गरेका थिए
३.साहपत्नी जुनु श्रेष्ठको बयानः स्पष्टीकरणबिना पदमुक्त गरियो, यो सुशासन होइन
४.प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत बनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । रास्वपा सभापति रवि लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहलाई पदमुक्त गर्न र स्वास्थ्यमन्त्री मेहतालाई सचेत बनाउन सिफारिस गरेका थिए ।
५.ओली लेखक रिहाइले सरकारलाई धक्का, गौरीबहादुर आयोगको प्रतिवेदन ‘हावादारी’ साबित
६.नेकपाको कार्यसंयोजक समिति बैठक लम्बियो, शनिवार सकिने
७.सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्री शाहले राष्ट्र सेवामा समर्पित रहन निर्देशन
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले करिब ३६ महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गर्न सफल क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
८.नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५,२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । नयाँ मूल्य सूची अनुसार अब काठमाडौँ उपत्यका (तेस्रो वर्ग) मा पेट्रोल २१९ रुपैयाँ, डिजेल र मट्टीतेल २०७ रुपैयाँ, एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक) २५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
नयाँ मूल्य सूची अनुसार अब काठमाडौँ उपत्यका (तेस्रो वर्ग) मा पेट्रोल २१९ रुपैयाँ, डिजेल र मट्टीतेल २०७ रुपैयाँ, एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक) २५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले बढाइएको छ भने हवाई इन्धन ९आन्तरिक० मा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ ।
९.दोहोरो अंकले बढेर २८ सय ५१ बिन्दुमा पुग्यो सेयर बजार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अङ्कले बढेर दुई हजार ८५१ दशमलव २४ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव ७३ प्रतिशतको वृद्धि हो । आज ३३८ कम्पनीको दुई करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर एक लाख आठ हजार ८६९ पटक खरिदबिक्री हुँदा नौ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । छवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
१०.पूर्वसभामुख महरासहित भन्सार कर्मचारीविरुद्ध सात करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा
विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा र भन्सारका उच्च अधिकारीहरूसहितका व्यक्तिविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
११. कांग्रेसमा दलको नेता चयनमा किचलो
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता नाघिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन । सभापति गगनकुमार थापाले सहमतिमा अघि बढ्न खोजेपछि दलको नेता चयनमा ढिलाइ भएको हो । समानुपातिकतर्फ निर्वाचित जेष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुपरेको कारण पनि ढिलाइ भएको हो ।
१२. कर कर्मचारीलाई आचारसंहिता स् अनधिकृत भेट नगर्नू, एजेन्ट नबन्नू
आन्तरिक राजस्व विभागले कर कर्मचारीका लागि नयाँ आचारसंहिता बनाएको छ । २०७४ सालमा ल्याएको आचारसंहिता खारेज गर्दै विभागले आन्तरिक राजस्व विभाग र अन्तर्गत कार्यरत कर्मचारीको व्यक्तिगत तथा सामूहिक आचारणसम्बन्धी आचारसंहिता ल्याएको हो । बुधबार स्वीकृत आचारसंहिता अनुसार कर्मचारीले करदाता वा सरोकारवालासँग अनधिकृत भेटघाट गर्न पाउने छैनन् । १३. लेबनानमा भीषण आक्रमण एकै दिन मारिए २५० जना
इजरायली सेनाले गरेको भीषण हवाई आक्रमणमा लेबनानमा एकै दिन २५४ जना लेबनानी जनता मारिएका छन् । सो घटनामा एक हजार १६५ जना घाइते भएको अलजजिरा टेलिभिजनले जनाएको छ ।
लेबनान सरकारले सो आक्रमणको निन्दा गर्दै राष्ट्रिय शोक घोषणा गरेको छ । लेबनानका प्रधानमन्त्री नवाफ सलमले आक्रमण बन्द गर्न इजरायललाई आग्रह गर्नुभएको छ । राजधानी बेरुतले हालसम्मकै सबैभन्दा भीषण बमबारी झेलेको छ । अमेरिका र इरानबिच युद्धविराम गराउन मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले यो युद्धविरामको दायरामा लेबनान पनि परेको बताउनु भयो । १४. नागढुङ्गा सुरुङ्गमार्ग प्रयोग गरेवापत बसलाई काठमाडौ भित्रीदा २६० काठमाडौबाट बाहिर जाँदा 200 रुपैयाँ कारलाई ६५ र ६० रुपैयाँ शुल्क निर्धारण ।
१५. बोलपत्र प्रणाली ह्याक काण्डः अर्बौंका ठेक्का सेटिङमार्फत् कब्जा
सरकारी ठेक्का प्रणालीमाथि गम्भीर प्रश्न उठाउने एउटा नयाँ प्रकरण हालै सार्वजनिक भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन बोलपत्र प्रणाली ‘इ-गभर्न्मेन्ट प्रोक्युर्मेन्ट’ (इ-जीपी) नै ह्याक गरेर ठूल-ठूला सरकारी ठेक्का कब्जा गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पहिलो चरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दिवाकर देउजा, भरत धामी, संजय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल र जीवनकुमार दास रहेका छन्।

