नवनिर्वाचित सभामुख डिपी अर्यालले शपथ लिएपछि आजै पद बहाली गरेका छन ।
२०८२ चैत्र २२, आइतबार ।
आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हालेका हुन् । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पद बहाली गरेका छन् । उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्च अधिकारीले स्वागत गरेका थिए । अर्याल रास्वपा उपसभापति तथा काठमाडौं ९ बाट जितेका सांसद हुन्।
सभामुख डिपी अर्यालले शपथ लिएपछि आजै पद बहाली गरेका छन ।
1 Min Read


