सभामुखमा डीपी अर्याल निर्विरोध, आइतबार सपथ लिने ।
२०८२ चैत्र २०, शुक्रबार ।
संसद सचिवालयले आज दिउँसो ११ देखि २ बजेसम्म सभामुखको उम्मेदवारी दर्ताको समय रहेको थियो उक्त समय भित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालको मात्रै उमेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका छन्। अर्यालको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन्। रास्वपा एक्लैको करिब दुई तिहाइ बहुमत भएकाले विपक्षी दलहरुले उम्मेदवारी दर्ता नै गराएनन्। अब आइतबार बस्ने प्रतिनिधि सभाको बैठकले औपचारिक रुपमा अर्याललाई सभामुख निर्वाचित भएको घोषणा गर्नेछ।
उम्मेदवारी दर्तापछि अर्यालले आफूले नेपालको संविधान, कानुन र नेपाली जनताको हितअनुसार काम गर्ने प्रतिबद्धता जनाइसकेका छन्। उनले भने, ‘राष्ट्र र राष्ट्रियताको हितलाई केन्द्रमा राख्दै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको सन्तुलनमा व्यवस्थापिकाले गर्नुपर्ने भूमिका न्यायसम्मत रूपमा निर्वाह गर्ने मेरो प्रतिबद्धता रहनेछ।’
सभामुखमा डीपी अर्याल निर्विरोध, आइतबार सपथ लिने ।
1 Min Read


