प्रधानमन्त्री बालेन शाहले दिउसो १२.३४ मा लिए शपथ ।
२०८२ चैत्र १३, शुक्रबार ।
राम नवमीको अवसर पारेर सनातन वैदिक र बौद्धिक परम्परागत अनुसार १२ः३४ को शुभ साइतमा बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण समारोहमा १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्ठमङ्गल पाठ र ७ वटा शङ्खबाट शङ्खनाद गरिएको थियो । बालेन शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ ।
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ। जुन यस प्रकार रहेको छ
क्र.सं. नाम थर पद कार्यविभाजन
१ श्री वालेन्द्र शाह —प्रधानमन्त्री —रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति
२ डा. स्वर्णिम वाग्ले —मन्त्री— अर्थ
३ श्री सुधन गुरुङ— मन्त्री —गृह
४ श्री शिशिर खनाल —मन्त्री —परराष्ट्र
५ श्री सुनिल लम्साल —मन्त्री —भौतिक पूर्वाधार तथा यातायातस सहरी विकास
६ श्री विराज भक्त श्रेष्ठ —मन्त्री —ऊर्जा, जलस्रोत तथा सिँचाइ
७ श्री खडक राज पौडेल —मन्त्री —संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
८ श्री सस्मित पोखरेल —मन्त्री —शिक्षा, विज्ञान तथा प्रविधिस युवा तथा खेलकुद
९ श्री निशा मेहता —मन्त्री —स्वास्थ्य तथा जनसङ्ख्यास खानेपानी
१० डा. विक्रम तिमिल्सिना —मन्त्री —सञ्चार तथा सूचना प्रविधि
११ श्री प्रतिभा रावल —मन्त्री —सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१२ श्री सोविता गौतम —मन्त्री —कानून, न्याय तथा संसदीय मामिला
१३ श्री गीता चौधरी —मन्त्री —कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण
१४ श्री दिपक कुमार साह —मन्त्री —श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५ श्री सीता बादी —मन्त्री —महिला, बालबालिका तथा ज्येष्ठ नागरिक


