रास्वपाको बैठक आज दिउसो ४ बजे बस्ने, बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने ।
२०८२ चैत्र १२, बिहिबार ।
गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले दिउसो २ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम सके पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दिउँसो ४ बजे केन्द्रीयसमिति बैठक बोलाएको छ । बैठकपछि संसदीय दलको बैठक बसेर नेता चयन गरिनेछ ।
बैठकमा रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्न लागेको जनाएको छ । शपथग्रहण गरेपछि रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साह बालेनलाई नेता चयन गर्ने बताइएको छ । संसदीय दलको नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई धारा ७१ (१) बमोजिम गठन हुने सरकारमा प्रधानमन्त्रीको नाम पठाउने पार्टीको तयारी छ । आज संसदीय दलको नेता चयन भएपछि भोलि शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी भइसकेको छ ।
रास्वपाको बैठक आज दिउसो ४ बजे बस्ने, बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने ।
1 Min Read

