एयर डाइनेस्टीको नाइन एन एएचक्यु हेलिकप्टर खोटाङमा दुर्घटना ।
२०८२ चैत्र ०४, बुधबार ।
आज बिहान ११ बजेर ५१ मिनेट जाँदा एयर डाइनेस्टीको नाइन एन एएचक्यु हेलिकप्टर खोटाङको केपिलासगढी गाउँपालिका(२ मा दुर्घटना भएको छ । दुर्घटनामा कसैको पनि हताहती नभएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय खोटङका डीएसपी प्रकाश बुढाथोकीले दुर्घटना भएको बताए । उनले दुर्घटनामा काजीबहादुर राई घाइते भएको बताए । खार्तम्छा बालाबेँसीमा हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको हो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए । पाइलट सविन थापा र पाँच जना यात्रु चढेको हेलिकप्टर अवतरणका क्रममा हावाको वेगले अनियन्त्रित भई भित्तामा ठोक्किएको खोटाङ प्रहरीले जानकारी दिएको छ।
‘काठमाडौंबाट कामका लागि परिवारका ५ जना आउनुभएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय खोटाङले भनेको छ, ‘त्यसक्रममा हावाको बेगले अनियन्त्रित भइ हेलिकप्टर पल्टिएको छ।’ चालक थापासहित अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
एयर डाइनेस्टीको नाइन एन एएचक्यु हेलिकप्टर खोटाङमा दुर्घटना ।
1 Min Read


