सम्पूर्ण दलहरुले बुझाए समानुपातिक सांसदहरुको बिवरण । लौ हेर्नुहोस को कहाँबाट जिल्ला सहित ।
२०८२ चैत्र ०१, आइतबार ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ आफ्ना सांसदहरुको नामावली पेश गर्ने आज अन्तिम दिन थियो त्यसै अनुसार सबै ६ दलहरुले नामावली विवरण आयोगमा बुझाएका छन । उम्मेदवारको नाममा निर्वाचन आयोगमा बुझाइसकेले आयोगले ‘क्लष्टर’ अनुसार मिले नमिलेको चेक गर्नको लागी प्रक्रिया अघि बढाएको छ । सबैभन्दा धेरै मत प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लष्टरअनुसार ५७ सांसदको सूची पेस गरेको छ । निर्वाचन आयोगले रूजु र प्रमाणित गरेपछि क्लस्टर नमिलेमा नामावली परिवर्तन हुन सक्ने छ भने अन्यथा आयोगमा बुझाएको नामावली नै सदर हुने छ । विभिन्न पाटीहरुले आयोगमा बुझाएका प्राप्त नामावली विवरण
राष्ट्रिय स्वतन्त्र पार्टी
आयोगमा बुझाइएको नाम रास्वपाले सार्वजनिक गरेको छैन। रूजु र प्रमाणित गरेपछि आयोग आफैले नाम सार्वजनिक गर्ने भएकाले पार्टीबाट सार्वजनिक नगर्ने निर्णय भएको प्रवक्ता मनिष झाले बताएका छन्। केन्द्रीय सचिवालय बैठकले ४८ जना महिला र ९ जना पुरूषको नाम आयोगमा सिफारिस गरेको छ। यसमा खसआर्य तर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारू ४ जना समावेश गरिएको छ।
खस आर्यबाट
१.प्रतिभा रावल (कञ्चनपुर)
२.रचना खतिवडा (काभ्रेपलाञ्चोक)
३.लिमा अधिकारी(काठमाण्डौ)
४.विदुषी राणा (काठमाण्डौ)
५.समीक्षा बास्कोटा (काठमाण्डौ)
६.श्रद्धा कुँवर (रुपन्देही)
७.टीका सङ्ग्रौला (अछाम)
८.क्रान्ति शिखा धिताल (दाङ)
९.आकृति अवस्थी(डडेल्धुरा)
१०.सृष्टि भट्टराई (सुनसरी)
११.मञ्जु भुसाल (रुपन्देही)
१२.प्रभा कार्की (ललितपुर)
१३.शोभा खनाल (नुवाकोट)
१४.रत्ना कुमारी थापा (अछाम)
१५.ज्ञानु पौडेल (रुपन्देही)
१६.प्रभा ढकाल (चितवन)
१७.रमेश प्रसाईँ (ताप्लेजुङ)
आदिवासी जनजातिबाट
१८.बसुमाया तामाङ (काठमाण्डौ)
१९.गङ्गा छन्त्याल(बाग्लुङ)
२०.सुन्नीमा उदास(ललितपुर)
२१.अनुष्का श्रेष्ठ (काठमाण्डौ)
२२.ओजस्वी शेरचन (काठमाण्डौ)
२३.सिर्जना श्रेष्ठ (काठमाण्डौ)
२४.रजनी श्रेष्ठ (मोरङ)
२५.कुसुम महर्जन (भक्तपुर)
२६.भूमिका श्रेष्ठ (काठमाण्डौ)
२७.प्रमीला कुलुजु(काठमाण्डौ)
२८.सुजाता तामाङ (संखुवासभा)
२९.कृपा महर्जन(काठमाण्डौ)
३०.एलिजा गुरुङ (गोरखा)
३१.राम लामा (काभ्रेपलाञ्चोक)
३२.खुश्बु सरकार श्रेष्ठ (ललितपुर)
३३.मिङ्मा ग्याबु शेर्पा (ताप्लेजुङ)
मधेसीबाट
३४.पुनमकुमारी अग्रवाल (रुपन्देही)
३५.निशा मेहता(सुनसरी)
३६.ललिता कुमारी (सिराहा)
३७.अंकिता ठाकुर(सप्तरी)
३८.सरिता महतो (मोरङ)
३९.कामिनी कुमारी(महोत्तरी)
४०.सुनिता कुमारी चौधरी (पर्सा)
४१.पुरुषोत्तम सुप्रभात यादव (सिराहा)
४२.खगेन्द्र कर्ण (सप्तरी)
दलितबाट
४३.रीमा विश्वकर्मा (काठमाण्डौ)
४४.अमृता विक (रुपन्देही)
४५.सीता बादी (काठमाण्डौ)
४६.स्मृति सेन्चुरी (दोलखा)
४७.सुष्मा स्वर्णकार(बाँके)
४८.तारा विश्वकर्मा (ललितपुर)
४९.खिमा विक (दाङ)
५०.प्रकास चन्द परियार
थारुबाट
५१.गीता चौधरी (कञ्चनपुर)
५२.करिस्मा कठरिया (कैलाली)
५३.सुरेन्द्र चौधरी (दाङ)
५४.प्रेमलाल चौधरी (मोरङ)
मुस्लिमबाट
५५.समिना मिया (चितवन)
५६.अफ्साना बानु (काठमाण्डौ)
५७.गलाजा शमीम मिकरानी (रौतहट)
नेपाली कांग्रेस
नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले २० जना समानुपातिक सांसदहरूको टुंगो लगाएको छ। जसअनुसार बिभिन्न कल्टरबाट १५ महिला र ५ पुरुष सांसदहरूको नाम फाइनल गरेको छ। प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले १७ लाख ५९ हजार १ सय ७२ मत प्राप्त गरी समानुपातिकमा २० सीट प्राप्त गरेको थियो । प्रतिनिधिसभामा कांग्रेसका ३८ र राष्ट्रिय सभामा २४ जना गरी जम्मा ६२ सांसद हुनेछन्।
खस आर्य ६ सांसद
महिला : १. सुशीला ढकाल आचार्य(झापा) २. रुक्मिणीदेवी कोइराला (मोरङ) ३. रिना उप्रेती (सोलुखुम्बु) ४. सीता थपलिया(धादिङ) ५. गंगा शाही(रुपन्देही) पुरुष : ६. अर्जुननरसिंह केसी (नुवाकोट)
आदिबासी जनजाती ६
महिला :७.गीताकुमारी सेन्दाङ (ताप्लेजुङ) ८. गंगालक्ष्मी अवाल (भक्तपुर) ९. गीता गुरुङ (सोलुखुम्बु) १०. रेनुका काउचा(बाग्लुङ) ११. सुनिताकुमारी सुवेदी (श्रेष्ठ) (नवालपरासी बर्दघाट सुस्ता पश्चिम) पुरुष : १२. भीष्मराज आङ्देम्बे (पाँचथर)
मधेशी ३
महिला : १३. निनुकुमारी कर्ण(महोत्तरी) १४. रेखाकुमारी यादव(महोत्तरी) पुरुष : १५. चन्द्रमोहन यादव (धनुषा)
दलित ३
महिला : १६. हरिनादेवी कामी (डडेल्धुरा) १७. पवित्रा विक(मकवानपुर) पुरुष : १८. मानबहादुर नेपाली (रुकुम पश्चिम)
मुस्लिम १
महिला : १९. शाहजान खातुन (रौतहट)।
थारु १
महिला : २०. प्रमिलाकुमारी गच्छदार (मोरङ)।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फ प्राप्त गरेको मत ८ लाख ११ हजार ५सय ७७ मार्फत निर्वाचन आयोगको ऐन, नियम अनुसार प्राप्त गरेको ९ सिटका लागि बन्दसूचीबाट नाम छनौट गरी निर्वाचन आयोगमा पठाएको छ । नेकपाले संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई टुंगो लगाउने जिम्मा दिएको थियो । जस अनुसार
१.बलावती शर्मा(बाग्लुङ), २. प्रमेश कुमार हमाल (ललितपुर ), ३. प्रेम बहादुर बयक(कैलाली), ४.भीमकुमारी बुढामगर(दाङ), ५.परशुराम तामाङ(काठमाण्डौ), ६.जोगकुमार बर्बरिया यादव(धनुषा), ७. गणेश बहादुर विश्वकर्मा(कैलाली), ८.पार्वती विश्वकर्मा (जाजरकोट) र ९.निराशा चौधरी डगौरा (कञ्चनपुर)को नाम आयोगमा पठाएको छ । मुस्लिम क्लष्टरबाट कुनै पनि सदस्य सिफरिस भएको छैन ।
राप्रपाका ४ समानुपातिक सांसदहरु ः
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले आज समानुपातिक सांसदको सूचि टुंगो लगाएको छ । जसअनुसार ः
१. भरत गिरी(महोत्तरी), खस आर्य पुरुष
२. ताहिर अली(रुपन्देही), मुस्लिम पुरुष
३. खुस्बु ओली(काठमाण्डौ), खस आर्य महिला र
४. सरस्वती लामा (धादिङ), जनजाति महिलाबाट रहेका छन् ।

