इरानी नागरिक सहित १३ देशका नागरीकलाई नेपालको अन-अराइभल भिसा बन्द ।
२०८२ फागुन २९, शुक्रबार ।
नेपाल भ्रमण गर्न चाहने ईरानका सर्वसाधारण नागरिकलाई नेपाल सरकारले उपलब्ध गराउदै आएको अन-अराइभल भिसा अब बन्द गर्ने भएको छ। गृह मन्त्रालयले आज मिति २०८२।११।२९ गते मन्त्रीस्तरबाट यस्तो निर्णय गरेको हो। सरकारी र कुटनैतिक राहदानीबाहक बाहेकका ईरानी नागरिकले अब विदेश स्थित नेपाली दूताबासबाट भिसा लिए मात्र नेपाल प्रवेश गर्न मिल्ने भएको छ।
अध्यागमन विभागका अनुसार अबदेखि इरानका साधारण राहदानीवाहक नागरिकहरुले नेपाल भ्रमणमा आउनुअघि अनिवार्य रुपमा विदेश स्थित नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिसा प्राप्त गर्नुपर्नेछ । नेपाल सरकारले आफ्नो भिसा नीतिमा हेरफेर गर्दै इरानी नागरिकका लागि ‘अन–अराइभल’ भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ । सरकारी र कूटनीतिक राहदानीवाहक इरानी नागरिकका हकमा भने पुरानै व्यवस्था कायम रहने विभागले स्पष्ट पारेको छ । यो नयाँ व्यवस्थासँगै नेपाल आइपुगेपछि विमानस्थल वा प्रवेश नाकामै भिसा नपाउने देशहरुको संख्या अब १३ पुगेको छ । अन अराइभल भिसा नपाउने देशहरुमा निम्न रहेका छन :
क. घाना,
ख. नाइजेरिया,
ग. इराक,
घ. क्यामरुन,
ङ. स्वाजिल्याण्ड,
च. सोमालिया,
छ. लाइबेरिया,
ज. इथियोपिया,
झ. जिम्बावे,
ञ. प्यालेस्टाइन,
ट. अफगानिस्तान
ठ. सिरिया र
ड. इरान रहेका छन ।
सुरक्षा संवेदनशीलता र अध्यागमन व्यवस्थापनलाई थप चुस्त बनाउन सरकारले यो कदम चालेको हो । शरणार्थीको पहिचान स्वरुप ट्राभल डकुमेन्ट बोक्ने व्यक्तिहरुका लागि पनि नेपाल प्रवेशको नियममा कडाइ गरिएको छ । त्यस्ता व्यक्तिहरुले पनि अब नेपाल आउनु अघि नै विदेशस्थित नेपाली दूतावासबाट पूर्वस्वीकृति र भिसा लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वी क्षेत्रमा तनाव बढेको छ। अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि तनाव झन् बढेको हो।
यसबीचमा अमेरिका र इजरायलले निरन्तर आक्रमण गरिरहेको छ। इरानले पनि मध्यपूर्वी क्षेत्रमा रहेको अमेरिकी बेसक्याम्पहरूमा आक्रमण जारी राखेको छ। अमेरिकी आक्रमणमा परी इरानमा हालसम्म १३ सय ४८ जना मारिएका छन्। मर्नेहरूमा भीभीआइपीदेखि सर्वसाधारणसमेत रहेका छन्।
इरानी नागरिक सहित १३ देशका नागरीकलाई नेपालको अन-अराइभल भिसा बन्द ।
2 Mins Read


