समानुपातिक तर्फको मतगणना कार्य सकियो : सूचना अधिकारी निर्वाचन आयोग ।
२०८२ फागुन २७, बुधबार ।
निर्वाचन आयोगका समानुपातिक तर्फको मतगणना सकिएको छ । अब दलहरूले कति मत पाए भनेर त्यसको सिट बाँडफाँडको काम अगाडि बढ्नेछ । आज केहीबेरमा समानुपातिकतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने आयोगले जनाएको छ । पछिल्लो मतपरिणामअनुसार, समानुपातिकतर्फको मतपरिणाम यस्तो रहेको छ (थ्रेसहोल्ड कटाउने )
१.राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख ३९ हजार २३५, (४७.८६ प्रतिशत)
२. नेपाली कांग्रेस १७ लाख ४९ हजार ५८३, (१६.२९ प्रतिशत)
३. नेकपा एमालेले १४ लाख ४८ हजार ८५४, (१३.४९ प्रतिशत)
४.नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ५ हजार ७७३ मत, (७.५0 प्रतिशत)
५. श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ मत (३.५३ प्रतिशत) र
६. राप्रपाले ३ लाख २९ हजार ४७२ मत (३.०७ प्रतिशत) प्राप्त गरेका छन् ।
समानुपातिक तर्फको मतगणना कार्य सकियो : सूचना अधिकारी निर्वाचन आयोग ।
1 Min Read

