३२औं प्रधान न्यायाधीशका लागी न्याय परिषद्ले सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठायो ।
२०८२ फागुन २६, मंगलबार ।
३१औं प्रधान न्यायाधीश प्रकाशमान सिंह रावत आउदो चैत्र १८ गतेदेखि अनिवार्य अवकासमा जाने भएकोले भावी प्रधान न्यायाधीश चयन प्रक्रियाका लागि न्याय परिषदले ६ जनाको नाम संवैधानिक परिषद्मा पठाएको छ। परिषद्ले वरिष्ठता क्रमसहित सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिसका लागि पठाएको जनाइएको छ।
नेपालको संविधानको धारा १२९ मा प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार न्याय परिषद्को सिफारिसका आधारमा संवैधानिक परिषद्ले प्रधान न्यायाधीशका लागि नाम सिफारिस गर्ने र राष्ट्रपतिबाट नियुक्ति हुने प्रावधान रहेको छ। संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि मात्र नयाँ प्रधान न्यायाधीश नियुक्ति हुने व्यवस्था छ। हालको वरीयता क्रममा सपना प्रधान मल्ल पहिलो नम्बरमा रहेको बताइएको छ।
३२औं प्रधान न्यायाधीशका लागी न्याय परिषद्ले सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठायो ।
1 Min Read

