राष्ट्रियसभामा रिक्त रहेका १९ सदस्य मध्ये नयाँ १८ सदस्यले शपथ लिँदै, एक जना मनोनित हुन बाँकी ।
२०८२ फागुन २५, सोमबार ।
राष्ट्रियसभाका रिक्त रहेका १९ जना सदस्यहरु मध्ये १८ जना नवनिर्वाचित सदस्यहरूको आज शपथ हुँदैछ । संसद सचिवालयका अनुसार दिउँसो २ बजे शपथ ग्रहण समारोह राखिएको छ । संसद सचिवालयले एक सूचनामा मार्फत् १ घण्टा अगाडि नै शपथका लागि औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा आउन आग्रह गरेको छ । गत माघ ११ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका छन् । एक जना राष्ट्रपतिबाट मनोनीत गर्न बाँकी छ ।
शपथ ग्रहण सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ । राष्ट्रिय सभामा आज शपथ लिने सदस्यहरु
१.महन्थ ठाकुर,
२. रामकुमारी झाँक्री,
३. सुनिलबहादुर थापा
४. ललितजंग शाही
५.रोशनी मेचे ।
६. धमेन्द्र पासवान
७.रन्जित कर्ण
८. रेखा झा
९. सोम पोर्तेल
१०.गीता देवकोटा
११. डा. प्रेम दंगाल
१२. जगत तिमिल्सिना
१३. सम्झना देवकोटा
१४. वासुदेव जंगली
१५. चन्द्रबहादुर केसी
१६ मिना रखाल
१७. खम्मबहादुर खाती
१८.लीला भण्डारी रहेका छन् ।
राष्ट्रिय सभामा रिक्त रहेका १९ सदस्य मध्ये नयाँ १८ सदस्यले शपथ लिँदै, नामावली सहित।
1 Min Read

