आफ्नै निवासबाट आज बिहान दुर्गा प्रसाईं पक्राउ ।
२०८२ फागुन १७, आइतबार ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज बिहान आफ्नै निवासबाट पक्राउ गरी जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको प्रवक्ता डीएसपी प्रकाश जवेगुले बताए । उनको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियोे । उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर उत्तेजक अभिव्यक्ति दिएका थिए ।
प्रसाईंको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको हो । पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ ।
आफ्नै निवासबाट आज बिहान दुर्गा प्रसाईं पक्राउ ।
1 Min Read


