Close Menu
    What's Hot

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    २१ जेष्ठ २०८३, बिहीबार

     यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज बाँकेमा कार्यरत रहँदा अनियमितता गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनारसहित अन्य कर्मचारी बिरुद्ध विषेश अदालतमा मुद्धा दायर ।

    February 26, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

     यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज बाँकेमा कार्यरत रहँदा अनियमितता गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनारसहित अन्य कर्मचारी बिरुद्ध विषेश अदालतमा मुद्धा दायर ।
    २०८२ फागुन १४, बिहीबार ।
    यातायात व्यवस्था कार्यालय, बाँकेको प्रमुख रहँदा अनियमित गतिविधिमा संलग्न भएको आरोपमा हाल लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत सचिव लोकबहादुर सुनार विरुद्ध भ्रष्टाचारसम्बन्धी तीन वटा मुद्दा दायर गरिएको छ। लुम्बिनी प्रदेशका सचिवसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अनियमितता गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनारसहित उच्च पदस्थ कर्मचारी र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार सुनारले यसअघि यातायात व्यवस्था कार्यालय, बाँकेको प्रमुख रहँदा अनियमित गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ। मुद्दाहरूको विवरण अनुसार चोरीका सवारी साधनसम्बन्धी अभिलेख मिलेमतोमा दर्ता गरिएको आरोपसहित एउटा मुद्दा दायर भएको छ भने सवारी चालक अनुमतिपत्रको परीक्षाको नतिजा परिवर्तन गरी लाइसेन्स वितरण गरिएको आरोपमा दुई वटा छुट्टाछुट्टै अभियोग दर्ता भएका छन्। प्रकरणबारे न्यायिक प्रक्रिया अगाडि बढेको सम्बन्धित निकायले जनाएको छ।
    पहिलो आरोपपत्रमा तत्कालीन कार्यालय प्रमुख सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव ९सहसचिव० उमेश ढुङ्गानासहित ३३ जनाविरुद्ध गलत लिखत एवं गलत प्रतिवेदन तयार गरी सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
    अनुसन्धानबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी प्रक्रिया, नवीकरण, श्रेणी थप, ट्रायल नतिजा र अभिलेख व्यवस्थापनमा जालसाजी गरिएको भेटिएको आयोगले जनाएको छ । केही सेवाग्राहीको फाइलमा नक्कली विवरण राखी अभिलेख सच्याइएको, अपूर्ण कागजातलाई पूर्ण देखाइ प्रतिवेदन तयार गरिएको तथा नियमविपरीत निर्णयलाई वैधता दिन लिखत सच्याइएको आरोपपत्रमा उल्लेख छ ।
    दोस्रो आरोपपत्रमा सुनारसहित ३३ जनाविरुद्ध घुसररिसवत लिई–दिई भ्रष्टाचार गरेको अभियोग दायर गरिएको छ । आयोगले कार्यालयभित्रै बिचौलिया समूह सक्रिय रही सेवाग्राहीसँग रकम असुली गरिएको, ट्रायल पास गराइदिने, फेललाई पास गरिदिने, छिटो लाइसेन्स उपलब्ध गराइदिने जस्ता प्रलोभनमा रकम लेनदेन भएको दाबी गरेको छ । अनुसन्धानका क्रममा बैंकिङ कारोबार, मोबाइल सम्पर्क, सेवाग्राहीको बयान तथा बरामद कागजातका आधारमा रकम लेनदेन पुष्टि भएको आयोगको दाबी छ । आरोपपत्रमा कर्मचारी र बिचौलियाबीच मिलेमतो रहेको र कार्यालय संरचनालाई नै दुरुपयोग गरिएको उल्लेख गरिएको छ ।
    तेस्रो आरोपपत्रमा सुनारसहित ११ जनाविरुद्ध सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोप छ । ट्रायल परीक्षामा अनुत्तीर्ण भएका सेवाग्राहीलाई प्रणालीमा प्रवेश गरी नतिजा सच्याएर उत्तीर्ण देखाइएको, अभिलेखमा हेरफेर गरिएको र त्यसबापत रकम लिएको आयोगको ठहर छ । सूचना प्रविधि प्रणालीमा पहुँच भएका कर्मचारीमार्फत नतिजा परिवर्तन गरिएको र त्यसलाई ढाकछोप गर्न कागजी अभिलेखसमेत सच्याइएको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

    आयोगले प्रतिवादीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ । मुद्दा विशेष अदालतमा दायर भइसकेकाले अब अदालतको प्रक्रियाअनुसार थुनछेक, बयान र प्रमाण परीक्षणका चरण अघि बढ्नेछन् ।

    yatayat lok bdr sunar

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    परीक्षा नियन्त्रण कार्यालयद्धारा एक, दुई दिनमा एसईईको नतिजा सार्वजनिक गर्दै, यसरी हेर्नुहोस नतिजा ।

    सरकारले सिफरिस गरेका ८ अध्यादेश मध्ये राष्ट्रपतिद्धारा ७ अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागी फिर्ता ।

    रेडियो सञ्चालकहरूको छाता संगठन वान भित्र चरम विवाद

    आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवाका भरमा समाचार प्रकाशनरप्रशारण नगर्न जानकारी गरेको छ ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    वैशाख १५ गते बाट विद्यालयमा पठनपाठन सुरु गर्ने काठमाडौं महानगरको निर्णय

    एउटा अध्यादेशले राजनैतिक नियुक्ती पाएका १,५९४ जना पदाधिकारीहरू पदमुक्त, हेर्नुहोस विस्तृत विवरण को को रहेका छन ।

    Don't Miss
    Uncategorized

    भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, दिल्लीमा भारतीय उच्च नेतृत्वसँग संवाद तथा भेटवार्ता तिब्र ।

    भारतको सत्तारुढ भारतीय जनता पार्टीद्धारा रवि लामिछानेको भब्य स्वागत, रवि लामिछानेको दिल्लीमा, भारतीय उच्च नेतृत्वसँग…

    टिकटकर तुलसाविरुद्धको अभियोगपत्रमाथि बकपत्र नसकेकाले, आज थुनछेक बहस हुन सकेन । २१ करोड स्रोत खुलेको दाबी ।

    आज बिहान ६ बजे नै वीरगंज महानगरका मेयर राजेशमान सिंह पक्राउ ।

    काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन, नतिजामा चित्त नबुझे २० गते सम्म निवेदन दिन पाइने ।

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना