पोखराबाट काठमाडौँ आउँदै गरेको माछापुच्छ्रे ट्राभल्सको ग१ख १४२१ बस दुर्घटनामा ।
२०८२ फागुन ११, सोमबार ।
पोखराबाट काठमाडौँ आउँदै गरेको माछापुच्छ्रे ट्राभल्सको ग१ख १४२१ नम्बरको बस आज बिहान १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडाभन्ने ठाँउमा दुर्घटना हुन पुगेको छ । उक्त बसमा सुरुमा ४३ जना रहेको र मुग्लिनबाट २ जना वा ३ जना चढेको जानकारी प्रहरीले दिएको छ । जसमा सवार मध्ये शुरुमा १७ जनाको मृत्यु भएको धादिङका एसपी सुमित खड्काले बस दुर्घटनामा १७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने बाँकी घाइतेको उद्धार भइरहेको बताइएको छ । बसमा सवारको प्रारम्भिक विवरण आए पनि घाइते र मृतकको पहिचान हुन सकेको छैन । उक्त बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट सडकबाट ३ सय मिटर तल त्रिशूली नदीमा खसेको हो ।


