एमालेको झण्डा जलाउने २ जना पक्राउ र रास्वपालाई आयोगले सोध्यो २४ घण्टे स्पष्टिकरण ।
२०८२ फागुन ०९, शनिबार ।
रास्वपाका कार्यकर्ताहरूले दाङको तुलसीपुरमा एमालेको झण्डा जलाउँदै अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेपछि निर्वाचन आयोगले रास्वपाका पार्टी सभापतिलाई २४ घण्टाभित्र स्पष्टीकरण दिनु भनि पत्र काटेको छ । आयोगका कानून अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टिकरण पठाउन र घटनाबारे तथ्य लेख्न आग्रह गरिएको छ ।
आयोगका अनुसार रास्वपाले तुलुसीर घटनामा के कसो भएको हो, एमालेको झण्डा जलाउने कार्य भएको हो कि होइन, एमाले अध्यक्षविरुद्ध असभ्य शब्दहरू प्रयोग गरी नारावाजी भएको हो वा होइन भन्ने बारे स्पष्टीकरण दिनुपर्ने छ । प्राप्त जानकारीअनुसार अहिलेसम्म प्रहरीले उक्त कार्यमा संलग्न २ जनालाई नियन्त्रणमा लिएको छ भने अन्यको खोजीकार्य जारी छ ।
एमालेको झण्डा जलाउने २ जना पक्राउ र रास्वपालाई आयोगले सोध्यो २४ घण्टे स्पष्टिकरण ।
1 Min Read


