Close Menu
    What's Hot

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    Facebook X (Twitter) Instagram
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार
    Demo
    • होमपेज
    • समाचार
    • अर्थ
      • सेयर बजार
      • बैंक/ बिमा
      • कर्पोरेट
    • खेलकूद
      • क्रिकेट
      • फुटबल
      • अन्य खेलकूद
    • शिक्षा
    • अन्तर्वार्ता
    • विश्व
    • मनोरञ्जन
      • नेपाली फिल्म
      • हलिउड/ बलिउड
      • संगीत
    • विचार
      • साहित्य
      • ब्लग
    • स्वास्थ्य
    • प्रबास
    • अन्य
      • पर्यटन
      • सूचना-प्रविधि
    Desko Khabar
    १० कार्तिक २०८३, सोमबार

    सामूहिक प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण : राष्ट्रपति

    February 12, 20263 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सामूहिक प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण : राष्ट्रपति
    २०८२ माघ २९, बुधबार
    राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै एक संस्थाको मात्र जिम्मेवारी नभएर राज्यका सबै अङ्ग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको संयुक्त प्रतिबद्धताबाट मात्र सफल हुने बताउनुभएको छ ।  स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । अख्तियार दुरुपयोग विरुद्धको सङ्घर्ष न्याय, समानता र सुशासनको पक्षमा उभिनेसङ्घर्ष भएको बताउँदै राष्ट्रपति पौडेलले यही सङ्घर्ष मार्फत मात्र नागरिकको विश्वास पुनस्र्थापित गर्न, लोकतन्त्रलाई सुदृढ बनाउन र भावी पुस्तालाई स्वच्छ, सक्षम र भरोसायोग्य राज्य हस्तान्तरण गर्न सकिने बताउनुभयो । अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताउँदै राष्ट्रपति पौडेलले शक्ति र पद हुँदैमा जो कोही कानुनी जवाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आमनागरिकमा दिलाउने गरी आयोगले काम गर्नुपर्ने बताउनुभयो । सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्दा राज्यले नागरिकमाथि गरेको विश्वास मात्र होइन, नागरिकले राज्य प्रति राखेको भरोसा पनि कमजोर बन्ने राष्ट्रपति पौडेलले बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणका लागि हामीकहाँ पर्याप्त संरचना तथा कानुनी र नीतिगत व्यवस्था रहे पनि भ्रष्टाचार अपेक्षाकृत रूपमा नियन्त्रण हुन नसकेको गुनासो गर्नुभयो । “पर्याप्त संरचना र कानुन हुँदाहुँदै पनि किन भ्रष्टाचार नियन्त्रण हुन सकिरहेको छैन ? किन भ्रष्टाचार निवारणकै माग राखी जेनजीले गत भदौ २३ र २४ गते सडकमा आन्दोलन गर्नु परयो ?” उहाँले भन्नुभयो, “यी प्रश्नमा विचार गर्दा हामी सबैले बुझ्नुपर्ने र मनन पनि गर्नुपर्ने कुरा के छ भने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको नै हो, कार्यकारी अङ्गको नै हो ।” “जबसम्म हामी भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अङ्गभन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौँ, तबसम्म आफूभित्र चाहेको सुधार गर्न सक्ने छैनौँ । मैले यसअघि पनि भनेकी छु, “प्रत्येक कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीका लागि उक्त कार्यालयको प्रमुख जिम्मेवारी हो ।” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “यस्तो मान्यता, चेतना र जिम्मेवारीबोध प्रत्येक राष्ट्रसेवक कर्मचारी, राजनीतिक नेतृत्व र अन्य सरोकारवालामा पनि हुनु जरुरी छ ।” सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाएको तथा पर्याप्त तयारी नगरी केवल दुरुपयोगको उद्देश्यले मात्र रातो किताबमा राखिएका योजनाको बजेट कटौती गरेको सो अवसरमा उहाँले बताउनुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “अवाञ्छित सुविधा लिने र राज्यको स्रोतसाधन दुरुपयोग गर्ने प्रवृत्तिविरुद्ध हामी निर्मम ढङ्गले प्रस्तुत भएका छौँ । नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्रलगायत सार्वजनिक सेवा सरल, शीघ्र, सुलभ ढङ्गलेप्रदान गर्न सरकार निकैनै संवेदनशील भई लागिपरेको छ ।” आगामी निर्वाचनपछि आउने सरकारलाई मार्गदर्शन हुने गरी सुशासनको मार्गचित्र तयारीको कार्य पनि अन्तिम चरणमा पुगेको जानकारी दिँदै कार्कीले भन्नुभयो, “भ्रष्टाचारविरुद्धका कारबाहीलाई तीव्र पार्न हामीले राज्यका भएकै संरचनालाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ सक्रिय हुन प्रेरित गरेका छौँ । यसका केही परिणाम देखिएका पनि छन् । केही दूरगामी परिणाम देखिने गरी हामीले जग बसालेका छौँ ।” उहाँले भन्नुभयो, “यद्यपि जेनजी मात्र होइन, आमनेपाली नागरिकले चाहेको सुशासन र भ्रष्टाचारमुक्त नेपाल निर्माणका लागि यी प्रयास मात्र पर्याप्त छैनन् । अझै कठोर र निर्मम ढङ्गले कदम चाल्नुपर्ने आवश्यकता छ ।” आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा आयोगको भूमिका अग्रणी रहेको भए पनि आयोग एक्लैको प्रयासले मात्र यो सम्भव नहुने बताउनुभयो । राज्यका सबै संयन्त्र, निजी क्षेत्र, नागरिक समाज र सञ्चार जगत्लगायत सबै सरोकारवालाको सामूहिक प्रयास अपरिहार्य रहेको उहाँले बताउनुभयो । भ्रष्टाचारको बदलिंँदो स्वरूप र शैलीलाई सम्बोधन गर्न भ्रष्टाचारजन्य कसुरको अनुसन्धानमा आधुनिक उपकरणको प्रयोग, अनुसन्धानका नवीनतम प्रविधिको अवलम्बन र दक्ष जनशक्तिको विकासका लागि थप प्रयास गर्न आवश्यक रहे को सो अवसरमा उहाँले बताउनुभयो । सार्वजनिक पद धारण गरेका
    पदाधिकारीलाई कानुनले दिएको जिम्मे वारी इमानदारीसाथ पूरा गर्न, कुनै भ्रष्टाचारजन्य गतिविधि नगर्न उहाँले अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान र प्रचलित कानुनले तोकेको जिम्मेवारी आयोगले इमानदारीसाथ निष्पक्ष, तटस्थ, निर्भीक र पेसागत विशिष्टताका आधारमा अझ प्रभावकारी रूपमा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”  स्रोत गोरखापत्र दैनिक

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    राष्ट्रपती रामचन्द्र पौडेलद्धारा तेस्रो अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी।

    आजबाट लागुहुने गरी पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको भाउ बढ्यो ।

    एफएम रेडियोहरुको संस्था ब्रोडकास्टिंग एसोसिअसन अफ नेपालका बरिष्ठ उपाध्यक्ष उज्वल चौलागाईंको समूहले बोलाएको महाधिबेशनलाई जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा रोक ।

    सर्वोच्चद्वारा पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था खारेज

    सुकुमवासी बस्तीका विद्यार्थीको पढाइमा सहजीकरण गर्न शिक्षा मन्त्रीको निर्देशन

    जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन : रास्वपा सभापती रबि लामिछाने ।

    Demo
    Top Posts

    २१२औं भानुजयन्ती तथा विद्यालयको हीरकजयन्तीको अवसरमा भानुभक्त मेमोरियल विद्यालयमा अन्तर विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिता सम्पन्न ।

    काठमाण्डौ महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल ।

    इको क्लब अफ भानुभक्तका सदस्यहरू केन्द्रीय चिडियाखाना, ललितपुरमा आयोजना गरिएको पशु आहार कार्यक्रममा सहभागी

    आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य मुख्य निर्णयहरु ।

    Don't Miss
    Cricket

    एनपीएल सिजन-३ को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स माथी लुम्बिनी लायन्सले सहज जीत ।

    २०८३ कार्तिक ०९, सोमबार । हिजो बिहानसम्म प्रधानमन्त्री एनपिएल उद्घाटन गर्न जाने कि नजाने भन्ने…

    सप्तकोशी नदीमा मोटरबोट दुर्घटना ।

    भोलि सोमबारदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुने ।

    हानिनोक्सानी कोषले नेपाललाई (भोटेकोशी पिडितको पुनर्स्थापना)को लागी २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने

    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo

    ग्लोबल मिडिया होमद्वारा सञ्चालित

    सूचना तथा प्रसारण विभाग
    दर्ता नं.– ४७४४/ ०८१/ ०८२
    प्रेस काउन्सिल सूचीकरण नं – 4738/०८१/०८२
    रजिष्टर्ड कार्यालयः बुढानिलकण्ठ– ६, काठमाण्ठौ, नेपाल ।

    सम्पर्क

    समाचारका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः
    फोन:- 9841977510/ 9851177514
    Email: deskokhabar@gmail.com

    हाम्रो टीम

    प्रबन्ध सम्पादक
    अरुण अर्याल
    निर्देशक
    कमला अर्याल
    समाचार संयोजक
    स्मारीका अर्याल
    प्रकास डोटेल

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • Abou Us
    • Advertise with Us
    • Our Team
    • Contact Us
    © 2026 Desko Khabar. All Rights Reserved. Designed by RT

    Type above and press Enter to search. Press Esc to cancel.

    जनहितमा जारी सूचना
    जनहितमा जारी सूचना