जनकपुरमा रास्वपाको परिवर्तन उद्घोष सभा
आज जनकपुरमा भएको रास्वपाको चुनावीसभामा को कसले के भने ?
२०८२ माघ ०५, सोमबार ।
सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जान्छु– रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन –बालेन शाह
मधेशको ६० प्रतिशत मत रास्वपाले पाउनुपर्छ –स्वर्णिम वाग्ले
बालेन सरकारको सदस्य बन्न चाहन्छु, मलाई जिताउनुस् –मनिष झा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष सभा आयोजना गरेको छ । सभामा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सहितले सम्बोधन गरेकाछन । रास्वपाले मधेशमा पहिलोपटक योस्तरको सभा आयोजना गरेको हो । रवि, बालेनसहितका नेताहरू हिजो नै जनकपुर पुगेका थिए । रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेर झापा ५ को टिकटसमेत दिएको छ ।


